०१ साउन २०८३, शुक्रबार

सिटिजन्स बैंकको रेमिटेन्स सेवा अब मोबाइल बैंकिङ्ग एपमा

सिटिजन्स बैंकको रेमिटेन्स सेवा अब मोबाइल बैंकिङ्ग एपमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिटेन्स सेवाको शुरूवात गरेको छ । 

सेवा शुरूवातसँगै अब बैंकका ग्राहकहरुले नेपालभरि आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न साथै  विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवा प्रयोग गरी ग्राहकहरूले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२ हजारभन्दा बढी एजेन्ट तथा सबएजेन्टबाट  नगदै प्राप्त गर्न मिल्ने सुविधा प्राप्त गर्न सकिनेछ ।    
 

salt training

कमेन्ट गर्नुहोस्