०१ साउन २०८३, शुक्रबार

एनआईसी एसियाको नयाँ म्युचुअल फण्डमा १० हजारको लगानी ३३ हजार बनाउने अवसर

एनआईसी एसियाको नयाँ म्युचुअल फण्डमा १० हजारको लगानी ३३ हजार बनाउने अवसर

एनआईसी एसिया क्यापिटलले  बिहीवार (जेठ १९ गते)देखि  एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड नामको सामुहिक लगानी कोष योजनाको इकाईहरू निष्काशन गर्दै छ ।

यो योजना १ अर्ब आकारको बन्दमुखी प्रकृतिको योजना हो ।  क्यापिटलले योजनाको  प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गर्न लागेको बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

जसमध्ये बिज पुँजी वापत न्युनतम १ करोड ५० लाख कित्ता वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक एनआईसी एसिया बैंकको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको न्युनतम ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् । 

यस निष्काशनमा न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

यस निष्काशनमा छिटोमा जेठ २४ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असार २ गतेसम्म आवेदन दिन सकिने छ । 

एनआइसी एसिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यो योजना ७ वर्षे अवधिको योजना हो । 

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो वन्दमखी योजना हो । 

योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचीकृत कम्पनीहरूमा लगानी गर्दा सूचीकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरी जन क्याप भित्र रहेका कम्पनीहरूबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरूमा लगानी गरिन्छ ।

इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको ‘मेरो शेयर’ सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ ।

क्यापिटलले उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरेको छ ।

क्यापिटलले गरेको प्रक्षेपणको आधारमा अहिले १० हजार लगानी गर्नेले ७ वर्षको अवधिमा करिब २३ हजार प्रतिफल पाउने छन । आफुले लगानी गरेको १० हजार सहित ७ वर्षमा ३३ हजार फिर्ता हुने छ । अर्थात लगानी दोब्बर भन्दा पनि बढी हुने छ । 

इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र परिचय पत्र जारी भएका व्यक्ति, प्रचलित कानुन बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् । 

पछिल्लो समयमा धितोपत्रको दोस्रो बजार घटेर तल्लो विन्दुमा आइसकेको अवस्थामा म्युचुअल फण्ड मार्फत गरिएको लगानीले राम्रो प्रतिफल दिन सक्ने हुँदा धितोपत्र बजार सम्बन्धी ज्ञान नभएका तथा सक्रिय रुपमा शेयर बजारमा समय दिन नसक्नेहरूले पनि उचित लाभ लिन सक्ने कम्पनीको भनाइ छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्