×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा मलको चरम अभाव, १०० बोरा मल ल्याउन सहकारीहरू धनगढीबाट भैरहवा

जेठ १८, २०७९

NTC
Premier Steels

कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय पल्टुराम चौधरीलाई धान खेती गर्ने तयारीको चटारो छ । धानको बेर्ना समेत राखिसकेका उनीसँग रासायनिक मल नहुँदा कसरी खेती गर्ने भन्ने पिरलो छ ।

Muktinath Bank

उनी भन्छन्, ‘एक गेडा मल छैन । कहीँ पनि मल पाउँदैन । मल विना कसरी खेती गर्ने होला ? किसानको पीडा कसले बुझिदिने होला ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिका–२ का स्थानीय बिन्दु चौधरी पनि कहाँ, कसरी रासायनिक मल उपलब्ध हुने हो भन्नेबारे सहकारी संस्था धाउँदै हिँडेका छन् तर कहीँ पनि मल नपाएपछि उनी निराश छन् ।


Advertisment
Nabil box
Kumari

दुखेसो पोख्दै उनले भने, ‘कुनै पनि सहकारीसँग मल छैन । नेपालमै मल नभएपछि कहाँबाट मल आउँछ भन्छन् सहकारी संस्थाहरू । उहाँहरूको भनाइ पनि ठीकै हो तर हामी मल विना खेतीपाती कसरी गर्न सक्छौं ? किसानको मर्का बुझिदिने सरकारै छैन जस्तो लाग्छ ।’

Vianet communication

पल्टुराम र बिन्दु प्रतिनिधि किसान मात्रै हुन्, हाल सुदूरपश्चिम प्रदेशमै मलको हाहाकार हुँदा किसानहरू निकै चिन्तित बनेका छन् । पैसा तिरेर पनि मल नपाउने अवस्थाले किसानलाई चिन्तित बताएको छ ।

कैलालीको कैलारी गाउँपालिकास्थित परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरीले दैनिक सयौं किसानहरू मलका लागि आउने गरेको बताए तर सरकारको मल आपूर्तिकर्ता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनीले समयमा मल उपलब्ध नगराउँदा मलका लागि आउने किसानलाई खाली हात फर्काउनुपरेको बताए ।

ती कम्पनीले मलको ढुवानी समेत नगर्दा सहकारी संस्थाहरूले थोरै पाउने मलका लागि भैरहवा धाउनुपरेको उनले बताएका छन् ।

परिश्रम सहकारीका व्यवस्थापक चौधरी भन्छन्, ‘हाम्रो भागमा जम्मा १०० बोरा मात्रै परेको छ । ४–५ सहकारी मिलेर ल्याउँदैछौं । २ हजार बढी बोरा चाहिने बेला १०० बोरा मल क–कसलाई दिने ? धेरै समस्या भयो ।’ मागभन्दा निकै थोरै मात्राको कोटा निर्धारण गरिएपछि वितरणमा समस्या भएको बताइएको छ ।

सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले जीटूजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई आपूर्ति गर्दै आएको छ तर यस वर्ष समयमै पर्याप्त मात्रामा मल आपूर्ति नहुँदा धानखेती गर्ने बेला मलको अभाव देखिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए ।

धान खेतीका लागि सुदूरपश्चिममा आएको २ हजार १६९ मेट्रिक टन डीएपी मल भैरहवामै रहेको उनले बताए । जसमध्ये सुदूरपश्चिमको सबैभन्दा बढी धान खेती हुने कैलाली जिल्लाका लागि १ हजार २०० मेट्रिक टन मात्रै कोटा निर्धारण भएको उनले बताए । 

भैरहवा नाकामा कैलालीका लागि मल आए पनि इन्धनको मूल्यले ढुवानीमा समस्या हुँदा १ हजार मेट्रिक टन मल सहकारी संस्थालाई नै आफैं ल्याउन अनुमति दिएको बोगटीले बताए ।

सरकारको मल आपूर्तिकर्ता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहकारी संस्थाहरूले किसानलाई मल बिक्री वितरण गर्दै आएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका निमित्त महाप्रबन्धक केशवप्रसाद पाण्डेले आफूहरूको कोटामा परेको केही मल जेठ मसान्त र केही मल असार महिनाको पहिलो हप्तासम्म पुग्ने बताए ।

बर्खे सिजनमा नेपालभरका लागि यो वर्ष १ लाख ४२ हजार मेट्रिक टन मलको आयात हुन लागेको बताइएको छ । जसको ४२ हजार मेट्रिक टन साल्ट ट्रेडिङ र बाँकी कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्न लागेको छ । जम्मा आयात हुने मलको ९.२४ प्रतिशत मलको कोटा मात्रै सुदूरपश्चिमका लागि निर्धारण गरिएको बताइएको छ । यद्यपि सुदूरपश्चिममा मलको माग करीब ६० हजार मेट्रिक टन रहेको छ । जुनकारण मलको चरम अभाव सिर्जना हुने बताइएको छ ।

साल्ट ट्रेडिङले आफ्नो कोटामा परेको ६ हजार ८१९ मेट्रिक टन युरिया र ४ हजार ९८९ मेट्रिक टन डीएपी गरी जम्मा ११ हजार ८०८ मेट्रिक टन मल सुदूरपश्चिममा ल्याउने बताइएको छ । 

डीएपी मल जेठ महिनाभित्रै भैरहवा नाका पुग्ने र १ हजार ८२९ मेट्रिक टन युरिया असार पहिलो हप्ता पुग्ने निमित्त प्रमुख पाण्डेले जानकारी दिए ।

डीएपी र युरियाको सहज आपूर्ति हुन नसक्दा डीएपीको विकल्पमा सिंगल सुपर फस्फेट (एसएसपी) र युरियाको विकल्पमा एमोनियम सल्फेट बिक्री गर्दै आएको छ । 

४० हजार बोरा एसएसपी आएकोमा ३० हजार बिक्री भएको र अझै मौज्दात रहेको बताइएको छ भने एमोनियम सल्फेट ३ हजार बोरा मौज्दात रहेको जनाइएको छ । 

नेपालमै मल नपाएपछि कैलालीका किसान सीमावर्ती भारतीय बजार समेत धाउन बाध्य छन् तर सीमामा प्रहरीको सास्ती र गुणस्तरहीन मलले झनै सास्ती हुने गरेको किसानको दुखेसो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x