
म्युजिक नेपालको यूट्युब च्यानल ह्याक भएको छ ।
यूट्युब च्यानलको नाम नै ह्याकरले परिवर्तन गरेर ‘टेस्लालाइभ’ राखेका छन् ।
विश्वका सबैभन्दा धनी मानिने एलन मस्कको कम्पनी हो टेस्ला ।
म्युजिक नेपालको यूट्युब च्यानलको ६९ लाखभन्दा बढी सब्सक्राइबर छन् । नेपालमा सबैभन्दा बढी सब्सक्राइबर रहेको यूट्युब च्यानल नै म्युजिक नेपालको हो ।
यसअघि पनि विभिन्न म्यूजिक कम्पनीको यूट्युब च्यानल ह्याक भएको थियो ।