०५ साउन २०८३, मंगलबार

एनएमबि बैंक र वैकल्पिक ऊर्जा बीच नवीकरणीय उर्जाको प्रवर्द्धन गर्न सम्झौता

एनएमबि बैंक र वैकल्पिक ऊर्जा बीच नवीकरणीय उर्जाको प्रवर्द्धन गर्न सम्झौता

एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोषको बीचमा नवीकरणीय उर्जाको प्रवद्र्धन गर्ने सम्झौता भएको छ । 

बैंक र कोषबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । 

यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरूमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्ने बताइएको छ । यसले  एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्ने कोषले जनाएको छ  । 

बैंकले दीगो बैंकिङ्ग मार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागी साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि कार्य गर्दै आएको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्