२४ असार २०८३, बुधबार

यी पप स्टार बेच्न चाहन्थिन् यस्ता सामान, तर अदालतले रोक्यो

कात्तिक २०, २०७४
यी पप स्टार बेच्न चाहन्थिन् यस्ता सामान, तर अदालतले रोक्यो

पप स्टार म्याडोनाको तर्फबाट निजी मामलाको हननको आरोपपछि अमेरिकी अदालतले उनको निजी सामानको लिलामीमा रोक लगाएको छ ।

न्यूयोर्कका न्ययाधिश गोराल्ड लेबोविट्स ‘गाँट्टा हव राक एण्ड रोल’ नामक लिलामघरको तर्फबाट शुरु गरिएको बिक्रीमा प्रतिवन्ध लगाउने मामलामा ६ सेप्टेम्बरमा सुनुवाइ हुने छ ।

मैडोनाको अण्डरवेयर, एक चेकबुक, एक हेयरब्रस, तस्वीर तथा दिवंगत र्यापर टुपक शकूरसँग उनको ब्रेकअपको चिठ्ठीमा लिलामीका लागि राखिएको छ ।

टुपकको यो पत्र जसमा मैडोनासँग उनको ब्रेकअपको कारण उल्लेख गरिएको छ । करिब ४ लाख डलर अर्थात करिब२.५७ करोड रुपैयाँमा विक्ने अनुमान लगाइएको थियो ।

यस पत्रमा १५ जनवरी १९९५को मिति दर्ता छ । यो त्यसबेला लेखिएको थियो जब टुपक यौन उत्पीडनको आरोपमा जेलमा सजाय काटिरहेका थिए ।

यसको १८ महिनापछि गोली मारेर उनको हत्या गरिएको थियो । यस समय टुपक र म्याडोनाको करियर सफलताको शिखरमा थियो ।

salt training

कमेन्ट गर्नुहोस्