०५ साउन २०८३, मंगलबार

शेयर बजार सुधार्न अध्ययन समिति गठन, फेरि उकालो लाग्ला शेयर बजार ?

शेयर बजार सुधार्न अध्ययन समिति गठन, फेरि उकालो लाग्ला शेयर बजार ?

शेयर बजारको समस्या समाधानका लागि अर्थ मन्त्रालयले एक अध्ययन समिति गठन गरेको छ ।

शेयर बजारमा देखिएको अहिलेको समस्या र समाधानको विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको ३०औंं वार्षिक साधारण सभामा बोल्ने क्रममा बुधवार समिति गठन भएको जानकारी दिए ।

समितिको सदस्यमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधिसहित ४ जना रहेका छन् ।

शेयर बजार १ वर्षदेखि निरन्तर घटिरहेको छ । बजार सुधारका विषयमा आवाज उठाउँदै लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वको एक संघर्ष समितिले निरन्तरत सरकारलाई दबाब दिइरहेको छ ।

निरज गिरी

संघर्ष समितिले जेठ २३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बजारमा लागनीकर्ता निराश भएका र आत्तिएर बेच्दा झन् घाटा खाने अवस्थामा पुगेका छन् ।

शेयर बजार सुधारकै विषयमा लगानीकर्ताले मंगलवार मात्रै अर्थमन्त्रीलाई भेटेर आवश्यक सुझाव दिएका थिए । लामो समयदेखि घटिरहेको बजार सुधार्न अर्थमन्त्रीले चासो देखाएकै कारण अध्ययन समिति गठन भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्