×

NMB BANK
NIC ASIA

युट्युब ट्रेन्डिङमा स्थान जमाएका यी ५ गीत

जेठ २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

युट्युबमा हरेक दिनजसो नयाँ–नयाँ गीतका भिडियोहरु सार्वजनिक हुन्छन् ।

Muktinath Bank

धेरै गीतहरु आएको स्रोता दर्शकले पत्तो समेत पाउँदैनन् । केही गीतहरुले भने दर्शक स्रोताको मन जित्दै युट्युबमा राम्रो भ्युज पाउने गर्छन् । अहिले गीत हिट/फ्लपको मापन युट्युबलाई हेरेर गर्न थालिएको छ । पछिल्लो केही दिनयता सार्वजनिक केही गीतहरु छन्, जसले युट्युब ट्रेन्डिङमा स्थान जमाएका छन् । केही गीतहरु भने राम्रो भ्युज पाएपनि ट्रेन्डिङमा देखिएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उर्गेन र बेनिशाको ‘नछुटोस्’


Advertisment
Nabil box
Kumari

उर्गेन दोङ र बेनिशा पौडेलले स्वर दिएको ‘नछुटोस’ बोलको गीत युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा छ । एक साताअघि सार्वजनिक गीतले १४ लाख ६५ हजार बढी भ्युज पाएको छ । उर्गेन दोङ, निरञ्जली लामा, कृष्णराज राई, शिव राई लगायतको अभिनय रहेको भिडियो विकास प्रसाईँको निर्देशनमा तयार भएको हो । 

Vianet communication
Laxmi Bank

भिटेनको ‘गाउँ तिरै’

‘भिटेन’का नामले परिचित चर्चित ¥यापर समीर घिसिङको ‘गाउँ तिरै’ले युट्युब ट्रेन्डिङमा स्थान जमाईरहेको छ । उनकै रचना रहेको गीत ६ दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो । गीतले झण्डै १० लाख भ्युज पाउँदै ट्रेन्डिङको ५ औं नम्बर ओगटेको छ । संगीततर्फ भने यो गीत ट्रेन्डिङको पहिलो स्थानमा छ । 

सुनिल गिरीको ‘सोल्टीनी क्या राम्री’

लोक पप गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टीनी क्या राम्री’ले पनि युट्युबमा स्थान जमाएको छ । एक साताअघि सार्वजनिक गीतले झण्डै ८ लाख भ्युज पाएको छ । गीत नेपाल ट्रेन्डिङको ९ औं स्थानमा छ भने संगीततर्फ टे«न्डिङको दोस्रो स्थानमा छ । सुनिलको शब्द, संगीत, स्वर रहेको गीतको भिडियो उनकै कन्सेप्ट एवं निर्देशनमा तयार भएको हो । भिडियोमा अभिनेत्री मिरुना मगर, गणेशमान घलेका साथमा गिरी स्वयंम प्रस्तुत छिन् । 

बिष्णु खत्रीको ‘परान बाँकी छ’

लोक गायक विष्णु खत्रीले दुई साताअघि सार्वजनिक गरेको गीत ‘परान बाँकी छ’ले अहिलेसम्म युट्युब ट्रेन्डिङमा स्थान जमाईरहेको छ । विष्णुको शब्द, संगीत रहेको गीतमा बालगायिका पूजा देवकोटा र बालगायक सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् । भिडियोले ३३ लाख बढी भ्युज पाएको छ । भिडियो अहिले ट्रेन्डिङको १५ औं नम्बरमा छ । 

रामजी र प्रविशाले स्वर दिएको ‘मनमा पिर’

गत बुधबार सार्वजनिक ‘मनमा पिर’बोलको गीतले पनि युट्युब ट्रन्डिङमा स्थान जमाएको छ । रामजी खाँड र प्रविशा अधिकारीको स्वर रहेको गीतको भिडियोले २ लाख ७५ हजार भ्युज पाउँदै ट्रेन्डिङ १६ औं स्थानमा छ । यो गीत ट्रेन्डिङमा संगीततर्फ भने ५ औं नम्बरमा छ । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा बादल घिमिरे र प्रियना आचार्यको अभिनय छ । यी बाहेक केही गीतहरु संगीततर्फ ट्रेन्डिङमा परेका छन् । तीन साता अघि प्रमोद खरेलको स्वरमा सार्वजनिक ‘धोकेबाजको राज्य’संगीततर्फ ट्रेन्डिङ ७ नम्बरमा छ । बालेन शाहको सपोर्टमा ल्याईएको ‘लौरी टेकौँला’, सुशान्त केसीको ‘याद’, रचनामा रिमालको स्वरमा रहेको ‘चाहान्छु २’ लगायतका गीतहरु संगीततर्फ ट्रेन्डिङमा छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x