३१ असार २०८३, बुधबार

पशुपतिको सल्लाहकारमा तायल मनोनीत

पशुपतिको सल्लाहकारमा तायल मनोनीत
फाइल फोटो

पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनीत गरेको छ । 

उनलाई शनिवार समितिको सल्लाहकारमा मनोनीत गरिएको कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए ।

उनका अनुसार भगवान् पशुपतिनाथको मन्दिर जीर्णोद्धार लगायत कोषलाई विविध क्षेत्रमा योगदान पुर्‍याउनका लागि तायललाई कोषको निर्णयअनुसार सल्लाहकारमा मनोनयन गरिएको हो । तायलले कैलालीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्