साउन ३१, २०७९
तालिबानले अफगानिस्तानमा दोस्रोपटक शासन चलाउन थालेको एक वर्ष पूरा भएको छ । सन् २०२१ अगस्ट १५ मा अमेरिकी गुप्तचर निकायहरूको आकलनलाई झूटो साबित गर्दै तालिबानले अमेरिकी सैनिकहरू अफगानिस्तानमा छँदाछँदै राजधा...
काठमाडाैं | जेठ २९, २०७९
एसिया–प्रशान्त क्षेत्रमा विश्वका दुई महाशक्ति चीन र अमेरिकाबीचको प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ ।
सिंगापुरमा आइतवार (१२ जुन) सम्म चलेको तीनदिवसीय शांग्रिला डायलगमा अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र चीनका रक्षामन्त्री वे फङ्हबीच भएको वार्ता तथा उनीहरूले बेग्लाबेग्लै गरेको सम्बोधनले प्रतिस्पर्धा थप घनीभूत भएको संकेत दिएको हो ।
यस क्षेत्रको रणनीतिका विषयमा वर्षैपिच्छे संवाद चलाउनका लागि दी इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीज नामक थिंकट्यांकले शांग्रिला डायलग आयोजना गर्ने गरेको छ । त्यसमा शनिवार सम्बोधन गर्दै अस्टिनले हिन्द–प्रशान्त क्षेत्र अमेरिकाको बृहद् रणनीतिको केन्द्रमा रहेको प्राथमिकताप्राप्त सैन्यक्षेत्र भएको बताए ।
उनले गत फेब्रुअरी महिनामा प्रकाशित हिन्द–प्रशान्त रणनीति बाइडन प्रशासनले ल्याउन खोजेको राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा मन्त्रालयको राष्ट्रिय रक्षा रणनीतिको केन्द्रमा रहने पनि जानकारी दिए ।
पढ्नुहोस्, यो पनि :
सम्बोधनमा अस्टिनले चीनविरुद्ध विषवमन गरेका छन् । चीनले एसियाको स्थिरतालाई जोखिममा पार्ने गरी बाध्यकारी, आक्रामक र खतरनाक कार्यहरू गरेको आरोप उनले लगाए । चिनियाँ दबाबको प्रतिकार गर्नका लागि अमेरिका आफ्ना सहयोगीहरूको साथमा उभिने उनको भनाइ छ ।
उनका अनुसार, चीनको गतिविधिका कारण हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा, स्थिरता र समृद्धिको अवमूल्यन भएको छ । अस्टिनले ताइवानको वायुक्षेत्र नजिक चीनले विशाल संख्यामा युद्धविमानहरू पठाएर उत्तेजनात्मक गतिविधि गरेको आरोप लगाए ।
त्यस्तै उक्त क्षेत्रमा अमेरिकाका साझेदारहरूका गश्ती विमानलाई खतरनाक रूपमा रोक्ने तथा त्यस क्षेत्रका प्राकृतिक स्रोतको विनाश हुने गरी अवैध रूपमा माछा मार्ने काम चीनले गरिरहेको अस्टिनले बताए । चीनले अवैध माछा मार्ने काम गरिरहेको भन्दै मे महिनामा अमेरिका नेतृत्वको क्वाड समूहका मुलुकहरूले त्यसको निगरानीका लागि संयन्त्र बनाउने घोषणा गरेका छन् ।
अमेरिकाका साझेदारको गश्ती विमानलाई खतरामा पार्ने काम चीनले गरेको भनी अस्टिनले हालै भएका घटनालाई इंगित गरेका हुन् । ती घटनामा क्यानडा र अस्ट्रेलियाका युद्धविमान संलग्न थिए ।
गत मे महिनामा अस्ट्रेलियाको पी–८ गश्ती विमान दक्षिण चीन सागर नजिकबाट उड्दै गर्दा चीनको जे–१६ लडाकू विमान उसनजिकै पुगेर आल्मुनियमका ससाना टुक्राहरू हावामा छोडेको आरोप छ । अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले त्यसरी फालिएका टुक्राको केही अंश आफ्नो वायुसेना विमानमा पसेको दाबी गरे ।
सीएनएनमा ब्राड लेन्डनले तयार पारेको सामग्रीमा उल्लेख गरिएअनुसार, सैन्य विमानहरूले आल्मुनियम वा जिंकका साना टुक्रा जानाजान हावामा फाल्ने गर्छन् । शत्रुको रेडार–निर्देशित क्षेप्यास्त्रलाई दिशाहीन बनाउनका लागि यस्तो काम गरिन्छ । तर यसरी टुक्रा फाल्दा पछिपछि आइरहेको विमानको इन्जिनमा पसेर विमान नै विस्फोट हुन सक्ने जोखिम उच्च हुन्छ ।
अस्ट्रेलियाले आफ्नो विमान तथा त्यसमा भएका कर्मचारीको ज्यान जोखिममा पार्ने काम चिनियाँहरूले गरेको भन्दै आपत्ति जनाएको हो । तर चीनले आफूहरूको वायुक्षेत्रमा प्रवेश गरेको अस्ट्रेलियाली विमानलाई चेतावनी दिनका लागि मात्र लडाकू विमानहरू उडाइएको भनी स्पष्टीकरण दिएको छ । दक्षिण चीन सागरको क्षेत्रफल तथा वायुक्षेत्रका विषयमा चीन र पश्चिमबीच रहेको विवादका कारण यस्ता समस्या आउने गरेका छन् ।
त्यस्तै क्यानडाले पनि हिन्द–प्रशान्त क्षेत्रमा उडिरहेका आफ्ना विमान नजिक चिनियाँ विमानहरू खतरनाक रूपमा आइपुगेका थुप्रै घटना भइसकेको जनाएको छ । केही दिनअघि उत्तर कोरिया नजिक अन्तर्राष्ट्रिय हवाईक्षेत्रमा आफ्ना विमानहरू चिनियाँ विमानसँग नजुधून् भनी बाटो परिवर्तन गर्नुपरेको क्यानडाको दाबी छ ।
चिनियाँहरूले अत्यन्तै अव्यावसायिक तथा जोखिमपूर्ण बेहोरा देखाएको क्यानडालीहरू बताउँछन् । चीनले यस आरोपलाई पनि खण्डन गरेको छ ।
यी सबै घटनालाई समग्रतामा लिँदै अमेरिकी रक्षामन्त्रीले चीनमाथि आक्षेप लगाएका हुन् । यसको जवाफ फर्काउँदै चिनियाँ रक्षामन्त्री वे फङ्हले आइतवार बिहान शांग्रिला डायलगमा सम्बोधन गर्दै अमेरिकी पक्षलाई चीनको बेइज्जती तथा घेराबन्दी रोक्न आग्रह गरे ।
उनले दुई देशबीचको चिसो सम्बन्ध सुधार्ने दायित्व अमेरिकी पक्षमा रहेको पनि बताए । तर अमेरिकाले भिडन्त नै खोजेको हो भने आफूहरू अन्तिमसम्म लडिरहने चेतावनी पनि वेले दिए ।
वेले अमेरिकाका राष्ट्रपति जो बाइडनको हिन्द–प्रशान्त रणनीतिले द्वन्द्व तथा भिडन्त निम्त्याउने पनि बताए । त्यही रणनीतिअन्तर्गत रही अमेरिकाले मे महिनामा घोषणा गरेको हिन्द प्रशान्त आर्थिक संरचना (आईपीईएफ) को प्रसंग पनि वेले झिके ।
पढ्नुहोस्, यो पनि :
वेका अनुसार, स्वतन्त्र तथा खुला हिन्द–प्रशान्तको नाममा उक्त रणनीतिले सानो र साँघुरो समूह बनाउन खोजेको छ । यस क्षेत्रका अन्य मुलुकलाई साथमा लिएर एक विशेष देश (चीन) लाई तारो बनाउने उक्त रणनीतिको अभीष्ट भएको वेको आरोप छ ।
यस रणनीतिले द्वन्द्व तथा भिडन्त सिर्जना गरी अरूलाई रोक्ने र घेराबन्दी गर्ने काम गरिरहेको उनको भनाइ छ । चीन शान्ति तथा स्थिरताको पक्षमा रहेको र हिन्द–प्रशान्त क्षेत्रमा आक्रामक शक्तिका रूपमा नरहेको उनी बताउँछन् ।
यसरी बेग्लाबेग्लै सम्बोधनमा अमेरिका र चीनले एकअर्काविरुद्ध दोषारोपण गरेसँगै दुई देशका रक्षामन्त्रीबीच शुक्रवार साँझ भएको प्रत्यक्ष वार्तामा पनि सौहार्द्रपूर्ण कुरा हुन सकेको थिएन । उक्त बैठकमा दुवै पक्षले ताइवानका विषयमा मतभेद प्रकट गरेका थिए । ताइवानको यथास्थितिलाई परिवर्तन गर्न खोजेको आरोप दुवै पक्षले एकअर्काविरुद्ध लगाएका थिए ।
अमेरिका एक चीन नीतिमा अडिग रहेको तर चीनले हालै गरेका गतिविधि अस्वीकार्य रहेको अस्टिनको भनाइ छ । ताइवानको हवाईक्षेत्र नजिक चीनले बाक्लै गरी युद्धविमान उडाइरहेकोतर्फ उनको संकेत थियो । त्यो उत्तेजनात्मक र अस्थिरताजनक सैन्य गतिविधि भएको अस्टिनको भनाइ छ ।
तर मुखले एक चीन नीति भने पनि अमेरिकाले ताइवानलाई चीनबाट छुट्ट्याउनका लागि गतिविधि गरिरहेको चिनियाँहरूको बुझाइ छ । ताइवानलाई अमेरिकाले लगातार अत्याधुनिक हातहतियार उपलब्ध गराउनु त्यसैको संकेत भएको उनीहरू बताउँछन् । अनि अमेरिकी राष्ट्रपतिले मे महिनामा जापान भ्रमणका क्रममा अमेरिकाको रणनीतिक दुविधा त्याग्ने छनक दिनु पनि ताइवान पृथकीकरणको रणनीतिअन्तर्गत आएको अभिव्यक्ति भएको चीनको बुझाइ छ ।
पढ्नुहोस्, यो पनि :
अस्टिनसँगको भेटमा वेले ताइवान चिनियाँ मुख्यभूमिबाट छुट्टिने गरी स्वतन्त्रताको घोषणा गरिएमा चीन युद्धमा जान तयार रहेको बताए ।
युद्ध लड्न तथा ताइवान स्वतन्त्रताका सबै प्रयासलाई जुनसुकै मूल्य चुकाउनुपरे पनि ध्वस्त पार्न चिनियाँ सेनाले कुनै कसर बाँकी नराख्ने वेको भनाइ छ ।
चीनले ताइवानका लागि युद्ध समेत हुने स्पष्ट पारेपछि अस्टिनले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाले युद्ध नचाहेको आफ्नो सम्बोधनका क्रममा बताए । चीनले भनेजस्तो एसियाली नेटो पनि आफूहरूले बनाउन नखोजेको उनको भनाइ छ ।
तर आफ्ना साझेदार र सहयोगीलाई अविचलित रही समर्थन गरिरहने दृढनिश्चय पनि उनले प्रकट गरे । यसको तात्पर्य ताइवानलाई यथाशक्य सहयोग उपलब्ध गराउन नछोड्ने अमेरिकाको अडान हो ।
यी भनाइहरूलाई समग्रतामा हेर्दा यस क्षेत्रमा चीन र अमेरिका दुवैले प्रतिस्पर्धा चर्काउने र कुनै हालतमा पछि नहट्ने अड्डी कसिरहेको देखिन्छ । यो प्रतिस्पर्धा टुंगोमा पुर्याउन कि त एक पक्ष पछि हटेर अर्को पक्षको प्रभुत्व स्वीकार गर्नुपर्ने हुन्छ कि त युद्ध लडेर त्यसको छिनोफानो गर्नुपर्ने हुन्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक ग्राहम एलिसनले दुई महाशक्तिको यस प्रतिस्पर्धालाई थ्युसिडाइड्स ट्य्राप भनी व्याख्या गरेका छन् जसमा उदाउँदो शक्ति (चीन) र खस्किँदो प्रभुत्वशाली शक्ति (अमेरिका) बीच द्वन्द्वव अवश्यम्भावी छ । ताइवान, पूर्वी चीन सागर, दक्षिण चीन सागर र कोरियाली प्रायद्वीप त्यस शक्तिसंघर्षको केन्द्र बन्ने देखिन्छ ।
अमेरिकाले आफ्नो एकध्रुवीय प्रभुत्व अन्त्येष्टिको संघारमा पुगेको तथ्यलाई पचाउन नसकेकाले भिडन्तको परिस्थिति निर्माण भएको हो । तीन दशकसम्म कायम रहेको एकध्रुवीयतालाई क्रमशः अमेरिका र चीनबीचको द्विध्रुवीय संघर्षले विस्थापित गरिरहेको छ र अहिले विश्व द्वििबहुध्रुवीय संक्रमणकालमा छ ।
शीतयुद्ध शुरू भइसकेको सन्दर्भमा त्यसको केन्द्र हिन्द–प्रशान्त क्षेत्र भएकाले दुई महाशक्तिबीचको टकराव त्यहीँ हुनेछ । अमेरिका र चीनका रक्षामन्त्रीहरूको ताजा अभिव्यक्तिहरूले त्यसैको संकेत गरेका छन् ।
तालिबानले अफगानिस्तानमा दोस्रोपटक शासन चलाउन थालेको एक वर्ष पूरा भएको छ । सन् २०२१ अगस्ट १५ मा अमेरिकी गुप्तचर निकायहरूको आकलनलाई झूटो साबित गर्दै तालिबानले अमेरिकी सैनिकहरू अफगानिस्तानमा छँदाछँदै राजधा...
नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल बनेको १ वर्ष पनि नबित्दै नेकपा एकीकृत समाजवादीभित्र गुट उपगुटको छिनाझप्टी उत्कर्षमा पुगेको छ । एमालेभन्दा ठूलो दल हुने भनेर गत वर्षको भदौ ९ गते निर्वाचन आयोगबाट ए...
आज (१४ अगस्ट) मा स्वतन्त्रता दिवस मनाइरहेको पाकिस्तान भूरणनीतिक अवस्थितिका कारण उच्च महत्त्वको मुलुक हो । भूरणनीतिक अवस्थितिको लाभ पाकिस्तानका अभिजात वर्गले उठाएको भए पनि सर्वसाधारणसम्म त्यसको प्रतिफल पुग्...
राष्ट्रपतिले नागरिकता विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । संसदीय समितिमा छलफल भएर संसद्मा आइपुगेको विधेयक फिर्ता लिएर सरकारले नयाँ नागरिकता व...
दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक शीतल निवासमा अझै अध्ययनकै क्रममा छ । सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट साउन ६ र ...
भारतले सोमवार अर्थात् १५ अगस्टमा स्वतन्त्रता दिवस मनाइरहेको छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएको भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनिसकेको छ । लगभग ३० खर्ब डलर बराबरको अर्थतन्त्रका ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...