२० असार २०८३, शनिबार

बेलायत : पाइलट शौचालयभित्रै हराएपछि यसरी अवतरण गराइयो विमान

जेठ ३०, २०७९
बेलायत : पाइलट शौचालयभित्रै हराएपछि यसरी अवतरण गराइयो विमान

बेलायतको ईजी जेटको एक यात्रुवाहक विमानलाई आकस्मिक अवतरण गराउँदा यात्रुहरू आत्तिएका छन् । 

पाइलट बिरामी भएर शौचालय गएपछि उतै हराए । त्यसपछि विमानलाई एडिनबरा विमानस्थलमा आकस्मिक अवतरण गराइयो । 

ईजीजेट विमानको फ्लाइट नम्बर ईजेडवाई६९३८ आइतवार ग्रीसबाट स्कटल्यान्डका लागि उडेको थियो । 

पाइलट बिरामी भएपछि फर्स्ट अफिसरले विमानलाई नियन्त्रणमा लिए । विमान अवतरण हुँदासम्म पनि पाइलट ट्वाइलेटबाट निस्केका थिएनन् । 

द सन पत्रिकामा छापिएको खबरअनुसार, आकस्मिक अवतरणको खबर पाउनेबित्तिकै फायर ब्रिगेडका पाँचवटा गाडी र दुई एम्बुलेन्स तैनाथ गरिएको थियो । 

यात्रीहरूलाई कोपाइलटले क्याप्टेन बिरामी भएकाले आफूले विमानको आकस्मिक अवतरण गराएको बताए । 

ईजीजेटले पछि बयान जारी गरेर विमानलाई समुचित प्रक्रिया अपनाएर कोपाइलटले अवतरण गराएको बताए । पाइलटलाई चिकित्सकहरूले उपचार गराएको जानकारी पनि उनले दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्