३० असार २०८३, मंगलबार

जी–बब प्रकरणमा जुट्यो सहमति

जी–बब प्रकरणमा जुट्यो सहमति

र्‍यापर जी–बबको विषयमा केही दिनयता चलेको विवादका सन्दर्भमा सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई पक्षबीच सहमति भएको हो । 

 जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार जी–बबका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गर्दै विवाद समाधान गरेका हुन् । 

सहमतिअनुसार जी-बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपालको सुधार गृहमा रहेका अन्य व्यक्ति सरह नै राखिने भनिएको छ । 

यस्तै केही समयको लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने सहमति भएको छ भने  कुनै प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा–बुवाको सहमति लिनुपर्ने छ । 
यसअघि जी-बबले आफू आमाबाबुसँग छुट्टै बस्न चाहेको बताएका थिए । आफूलाई बाबुआमाले अनावश्यक हस्तक्षेप गरेको भन्दै प्रशासनमा निवेदन नै दिएपछि उनी आलोचित पनि भएका थिए । जी-बबले आफू लागूपदार्थ दुर्व्यवसनी भएको भन्दै सुधारगृहमा बस्दै आएको पत्रकार सम्मेलनमा बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्