०१ साउन २०८३, शुक्रबार

प्राइम कमर्शियल बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला

प्राइम कमर्शियल बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला

प्राइम कमर्शियल बैंक लिमिटेडले आज (जेठ ३१ गते) देखि वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।

बैंकले ५ वर्ष अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन तथा बिक्री खुला गरेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमा सामूहिक लगानी कोषहरूले आवेदन नदिएको बैंकले जनाएको छ।

सो ऋणपत्र खरिदका लागि छिटोमा असार ३ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार १४ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरूलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।

salt training

कमेन्ट गर्नुहोस्