०७ साउन २०८३, बिहीबार
नयाँ आर्थिक वर्ष

आजदेखि नयाँ आर्थिक वर्ष शुरू, २१ खर्ब २४ अर्बको बजेट कार्यान्वयनमा

साउन १, २०८३
काठमाडौं
आजदेखि नयाँ आर्थिक वर्ष शुरू, २१ खर्ब २४ अर्बको बजेट कार्यान्वयनमा

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरू भएको छ । सरकारले गत जेठ १५ मा ल्याएको आर्थिक वर्ष २०८३/०८४ को २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट आजैदेखि कार्यान्वयनमा गएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको उक्त बजेट यसअघि नै संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ । 

बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब रूपैयाँ विनियोजन गरिएको छ, जुन कूल बजेटको ६९.८ प्रतिशत हो ।

त्यसैगरी, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रूपैयाँ अर्थात् २०.३ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रूपैयाँको अनुमान गरिएको छ ।

सरकारले राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड, वैदेशिक अनुदानबाट ६१ अर्ब ६४ करोड, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब उठाउने लक्ष्य लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्