असार १७, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्...
काठमाडाैं | असार ३, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई हातपात र गालीगलौज गरेको विषय निकै चर्चामा छ ।
आफैंले नियुक्त गरेको व्यक्तिले आफूले भनेजस्तो काम नगरेको र आदेश पालनामा ढिलाइ गरेको भन्दै मन्त्री आले निगमका कार्यकारी अध्यक्ष अधिकारीमाथि हातपात र अश्लील गालीगलौजमा उत्रिएका हुन् । मन्त्री आलेको कार्यकक्षमा भएको उक्त घटना बिहीवारको हो ।
पर्यटन मन्त्री भएपछि पटक–पटक विवादमा तानिएका आले मन्त्रीबाट फिर्ता हुनुपर्ने पक्कापक्की जस्तो भएपछि थप अराजक गतिविधिमा लागेका छन् ।
२२ असोजमा मन्त्री नियुक्त भएका आलेले ८ महिनाको अवधिमा मन्त्रालय मातहतका अधिकांश निकायमा आफन्त र आसेपासेलाई नियुक्ति दिन भ्याएका छन् ।
मन्त्री आलेले आफूले नियुक्त गरेको व्यक्तिहरूसँग आर्थिक लाभ खोज्नेदेखि थप आफन्त भर्ती गराउन दबाब दिनेसम्मका गतिविधि गरिरहेका छन् ।
नेपाल वायुसेवा निगममा आफैंले नियुक्त गरेका व्यक्तिसँग चरम विवादपछि आलेको अराजकता थप छरपष्ट भएको छ ।
आफूले पठाएका व्यक्तिलाई जागिर दिन ढिला गरेको भन्दै आलेले अधिकारीलाई कार्यकक्षमै बोलाएर हातपात र गालीगलौज गरेको मन्त्रालय स्रोतले जानकारी दियो ।
मन्त्री आलेले निगम अध्यक्षलाई गरेको अश्लील गालीको अडियो समेत सार्वजनिक भएको छ।
आलेको आदेशमा वायुसेवा निगमले पछिल्लो ६ महिनामा १ सय जनालाई करारमा नियुक्त गरिसकेको निगम स्रोतले जानकारी दियो । आलेले थप २५ जनालाई नियुक्ति दिन अध्यक्ष अधिकारीलाई दबाब दिइरहेका थिए । सोही नियुक्तिमा ढिलाइ भएको निहुँमा आलेले त्यो हर्कत देखाएको स्रोतले दाबी गर्यो ।
नेकपा एकीकृत समाजवादीले आफ्ना तर्फबाट सहभागी भएका मन्त्री फिर्ता बोलाइसकेकाले आफ्नो स्वार्थका काम गरिहाल्न आलेले सबैतिर तीव्र दबाब दिइरहेको स्रोतको दाबी छ ।
एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री बनेका सबैलाई फिर्ता बोलाउने निर्णय २२ जेठमै गरिसकेको छ ।
संसद्मा बजेटमाथि छलफल चलिरहेको र सम्बन्धित मन्त्रालयको तर्फबाट जवाफ दिनुपर्ने भएकाले मात्रै मन्त्री फिर्ता बोलाउने निर्णय कार्यान्वयन भएको थिएन ।
बजेट पारित भएपछि निर्णय कार्यान्वयन हुने दाबी उक्त पार्टीको छ ।
मन्त्री फिर्ता बोलाउने निर्णयसँगै आलेले आफूले ८ महिनामा पर्यटन क्षेत्रमा गरेका सुधार र दीर्घकालीन योजनाका कामलाई मूल्यांकन गरेर अगाडि बढाउन आग्रह गरिसकेका छन् ।
मन्त्री फिर्ता बोलाउने निर्णय कार्यान्वयन ढिलो हुँदा थप चलखेल गर्न खोजेका आलेले निगम अध्यक्षलाई पहिले फोनमा र त्यसपछि कार्यकक्षमा बेलाएर थर्काएका हुन् ।
अराजक गतिविधि गरेर बेलाबेलामा विवादमा आइरहेका आलेले पछिल्लोपटक निगम अध्यक्षमाथि गरेको अभद्र व्यवहारको सर्वत्र आलोचना भइरहेको छ ।
यसअघि तारागाउँ विकास समिति, नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्डसहितका निकायमा आलेले गरेका धेरै नियुक्ति विवादमा तानिएका छन् ।
कसरी शुरू भयो आले–अधिकारी विवाद ?
नेपाल वायुसेवा निगमको निजीकरण गर्न अध्ययन गर्ने प्रस्ताव तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले गरेका थिए ।
१३ असारमा बसेको निगम सञ्चालक समितिको बैठकले नेपाल वायुसेवा निगमलाई ‘पब्लिक’ कम्पनीमा रूपान्तरण गर्न बनाइएको प्रबन्ध पत्र र नियमावलीको मस्यौदा निगमको तालुक निकाय पर्यटन मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।
कर्मचारीसँग परामर्शविना उक्त निर्णय भएको भन्दै वायुसेवा निगमका कर्मचारीहरू आन्दोलनमा उत्रिए । निगमका कर्मचारीले उठाएको माग त्यतिबेला पर्यटन मन्त्री नभएको हुँदा सम्बोधन भएन ।
कर्मचारीले एकपछि अर्को नयाँ माग थप्दै १०४ दिनसम्म आन्दोलन गरे । त्यतिबेला कर्मचारीको अन्तिम माग निगम महाप्रबन्धक पौडेलको राजीनामासम्म पुग्यो ।
२२ असोजमा पर्यटन मन्त्री नियुक्त भएको ५ दिनपछि (२६ असोजमा) आले र निगम कर्मचारीबीच महप्रबन्धक हटाउने र कर्मचारी आन्दोलन फिर्ता लिने सहमति भयो ।
कर्मचारीसँग भएको सहमति अनुसार आलेले ८ कात्तिक २०७८ मा निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरे । महाप्रबन्धक पौडेलको कार्यकारी अधिकार खोसेर महाप्रबन्धकमा मात्रै सीमित गरिदिए ।
आलेले त्यतिबेला नियुक्त गरेका अधिकारी पनि विवादित व्यक्ति हुन् ।
अधिकारी आफ्नै कार्यकक्षमा महिला कर्मचारीमाथि यौन शोषणको विवादमा तानिएका थिए । अधिकारीको उक्त विवादलाई बेवास्ता गरेर आलेले निगम अध्यक्ष बनाए ।
आलेले अधिकारीको नियुक्तिपछि निगमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अधिकारी साढे ३ दशक निगममा काम गरेका, अनुभवी र निगमको हितका लागि अन्यको तुलनामा कम पारिश्रमिक लिएर काम गर्ने कर्मचारी भएको भन्दै प्रशंसासमेत गरे ।
आलेले अधिकारीलाई नियुक्त गर्न २२ असोज २०७७ मा योगेश भट्टराई पर्यटन मन्त्री हुँदा नियुक्त भएका महाप्रबन्धक पौडेललाई हटाउन खोजे ।
पौडेलले छाड्न नमानेपछि उनलाई पर्यटन मन्त्रालयमा हवाइ विज्ञको रूपमा तानेर अधिकारीलाई नियुक्त गरेका थिए ।
अधिकारी राम्रो व्यक्ति भएको र नियुक्त गरिएको भन्दै हिँडेका आलेले पौडेलको भने सार्वजनिक कार्यक्रममै विरोध गर्न थाले ।
अन्ततः २३ जेठको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेरै आलेले पौडेललाई ७ महिनापछि निगमबाट हटाइ छाडे ।
मन्त्री आले र अधिकारीबीचको विवाद सतहमा देखिएको निगमको साउदी अरबको उडान शुभारम्भको समयमा हो । ९ वैशाखमा निगमको जहाजले ११९ यात्रु लिएर साउदी अबरमा पहिलो उडान गरेको थियो ।
उक्त उडानमा निगमले निर्णयविना नै असम्बन्धित व्यक्तिको जम्मो टोलीलाई निःशुल्क यात्रा गराएको र निगमलाई नोक्सानी पुर्याएका आरोप अधिकारीमाथि छ ।
त्यति नै बेला निगमका अधिकारीले कानूनी आधार र औचित्यविना ट्विनअटर विमान निजी कम्पनीलाई भाडामा दिएको सहितको विषयमा पर्यटन मन्त्रालयले स्पष्टीकरणसमेत सोध्यो ।
एकपछि अर्को विवादका कारण मन्त्री आले अधिकारीलाई हटाउनेसम्मको तयारीमा छन् ।
आलेले निगमका महाप्रबन्धक पौडेलसँगै अधिकारीलाई पनि हटाउन चाहेको भएपनि मन्त्रिपरिषद्बाट स्वीकृति नभएको मन्त्रालय स्रोतको भनाइ छ ।
पर्यटन मन्त्रालयले अधिकारीलाई हटाउन निगम सुधारको रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न नसकेको, कर्मचारीलाई अनुशासनमा राख्न नसकेको, पदीय आचरण पालन गर्न नसकेको मन्त्रालयको आरोप लगाएको छ । कार्यक्षमताको अभाव देखिएको र निगमको ख्याति बढाउने गरी काम गर्न नसकेको सहितको आरोप अधिकारीमाथि लगाइएको छ ।
मन्त्री आलेका दर्जनौं नियुक्ति र विवाद
आले मन्त्री भएपछि उनले पर्यटन मन्त्रालय मातहतका सबैजसो निकायमा आफन्त र आसेपासेलाई नियुक्त गरेका छन् । आलेले पछिल्लोपटक तारागाउँ विकास समितिको अध्यक्ष र सदस्यसचिव नियुक्त गरेका छन् ।
आलेकै सिफारिशमा ३१ जेठको मन्त्रिपरिषद्को निर्णयबाट डडेल्धुराको अमरगढीका सुरेशराज जोशी र मन्त्रीका आफन्त डोटी जोरायलकै महेन्द्रकुमार थापा सदस्य सचिव नियुक्त भएका छन् ।
स्रोतका अनुसार आलेले जोशीलाई प्रधानमन्त्री देउवालाई खुशी बनाउन नियुक्त गरेका हुन् भने सदस्य सचिव भने खाली नहुँदै आफ्नै भतिज नियुक्त गरेका छन् ।
आलेले सदस्य सचिव रहेका नारद लुइँटेललाई नियुक्त गरेको ३ महिना पनि नपुग्दै आफन्त नियुक्ति गरेर विवादलाई उत्कर्षमा पुर्याएका छन् ।
स्रोतका अनुसार आलेले हायात होटलसँग बार्गेनिङ गर्न पहिलेदेखि नै हायातको इस्यु बुझेका लुइँटेललाई नियुक्त गरेका थिए । लुइँटेलले छानबिन समिति पनि बनाए ।
उक्त छानबिन समितिले पहिले रिपोर्ट दिनुपर्ने मन्त्री आलेको भनाइ थियो भने लुइँटेलले आफूलाई अस्थायी नियुक्ति दिइएकाले पहिला स्थायी नियुक्ति दिन भने ।
आलेले लुइँटेललाई मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति दिएका थिए ।
आफ्नो स्वार्थअनुकूल छानबिन सकिएपछि लुइँटेललाई बाइपास गरेर भतिजलाई सदस्य सचिव बनाएका छन् । यसमा मन्त्री पद छाडेपछि पनि बार्गेनिङ गरिरहन पाउने स्वार्थ लुकेको स्रोतको दाबी छ ।
पर्यटन सम्बद्ध व्यक्ति नियुक्त हुने तारागाउँमा आलेले पर्यटन क्षेत्रसँग असम्बन्धित व्यक्तिलाई नियुक्त गराएका छन् ।
आलेले नियुक्त गरेका तारगाउँका अध्यक्ष जोशी माउन्टेन मल्टिपल क्याम्पस प्रमुख, एक साप्ताहिक पत्रिकाका सम्पादक र मानवअधिकार तथा शान्ति समाजमा काम गरेका व्यक्ति हुन् ।
तारागाउँका सदस्य सचिव थापा भने स्थानीय एक गैरसरकारी संस्थामा कार्मचारीका रूपमा काम गरेका व्यक्ति तथा उनको पार्टीका कार्याकर्ता मात्रै हुन् ।
आलेको आशय लाभ हेर्ने मात्रै
यसअघि २५ फागुनमै सिफारिश भइसकेका जोशी र थापाको नाम हटाएर आलेले तारागाउँ विकास समितिका पूर्व अध्यक्ष नारद लुइँटेललाई सदस्य सचिव नियुक्त गरेका थिए ।
हायात होटलले हडप्न खोजेको १५० रोपनी जग्गा बचाउन भूमिका खेलेको, होटलमा सरकारले गरेको लगानीको प्रतिफलका विषयमा बारम्बार कुरा उठाउँदै आएकाले नियुक्त गरेको आलेको तर्क थियो ।
तर, आलेले लुइँटेललाई रीत नपुर्याई मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरेको भन्दै अदालतमा मुद्दा परेको छ । उक्त मुद्दाको टुंगो नलाग्दै आलेले लुइँटेलको ठाउँमा भतिज थापालाई नियुक्त गरेका हुन् ।
मन्त्री आलेले नै लुम्बिनी विकास कोषमा सदस्य सचिवसहित पूरै सदस्य गत फागुनमै नियुक्त गरेका थिए । आलेले पर्यटन बोर्डमा समेत २ जना सदस्य नियुक्त गरेका थिए ।
आलेले नियुक्त गरेकामध्ये एकजना निमा लामा विवादमा तानिएका छन् ।
आलेले नियुक्त गरेका लामा आर्थिक अपराधमा संलग्न रहेको भन्दै विवादमा तानिएका हुन् ।
विवाद उत्कर्षमा पुगेपछि पर्यटन बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व नगर्दै लामाले राजीनामा दिए । उनको ठाउँमा आलेले मिलन देवकोटालाई नियुक्त गरेका छन् ।
आलेले पर्यटन मन्त्रालयअन्तर्गतकै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)मा राजेश उप्रेतीलाई कार्यकारी निर्देशक नियुक्त गरेका छन् ।
यसअघि पशुपति विकास कोषमा पनि एकजना सदस्य नियुक्त गरेका थिए ।
मन्त्री आलेले नै नेपाल नागरिक उड्डयन प्राधिकरणमा वरिष्ठता मिचेर र अदालतमा विचाराधीन मुद्दाको बेवास्ता गर्दै महानिर्देशकमा कनिष्ठ कर्मचारी ई. प्रदीप अधिकारीलाई नियुक्त गरेका थिए ।
यो विषयको मुद्दा अझै अदालतमा विचाराधीन छ ।
यसअघि मन्त्री आले र नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीबीच पनि सार्वजनिक स्तरमै गालीगलौज र विवाद चलेको थियो ।
आफूलाई हटाउन खोजिएपछि रेग्मी अदालत गए । यो मुद्दमा आलेले अदालतको मानहानी समेत गरे । उक्त मुद्दा समेत अदालतमा विचाराधीन छ ।
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्...
शुक्रवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव...
सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी निरीक्षक पदबाट सशस्त्र नायब उपरीक्षक (डीएसपी) पदमा ५६ जना बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिको सचिवालयले बिहीवार उनीहरूको बढुवा...
लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष लगायतका पदाधिकारीहरूलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ । सरकार परिवर्तनसँगै प्रदेश सरकारले गएको पुसमा कार्यविधि र...
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । गल्छी गाउँपालिका–६, चिरौदी पुलमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।...
घोषणा भइनसकेको प्रतिनिधि सभा निर्वाचनका लागि सबै दलका नेताले आफू अनुकूल निर्वाचन क्षेत्र छान्दै हिँडिरहेको समयमा नेकपा एमालेका ‘तेस्रो नम्बर’का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने गुम...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...