
महिला शिक्षक समाज ललितपुरले नयाँ पाठयक्रम, शिक्षण विधि र मूल्याङ्कन सम्बन्धी एक दिने प्रबोधिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आइतवार सम्पन्न प्रबोधिकरण कार्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रका पाठयक्रम अधिकृत युवराज अधिकारीले सहजीकरण गरेका थिए ।
महिला शिक्षक समाज ललितपुरकी अध्यक्ष विमला देवी लामिछानेको अध्यक्षतामा सम्पन्न प्रवोधिकरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख गणेश प्रसाद ढकाल रहेका थिए ।
यस्तै महिला शिक्षक समाजकी केन्द्रीय अध्यक्ष जानुका नेपाल, उपाध्यक्ष रिता तिवारी, सदस्य गीता काफ्ले, महिला शिक्षक समाज काठमाडौंकी अध्यक्ष नीता पोखरेलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ६४ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन समाजकी सचिव चूडा कुमारी भट्टराईले गरेकी थिइन् ।