३२ असार २०८३, बिहीबार

गुल्मीमा अजोड इन्स्योरेन्सको कार्यक्रम सम्पन्न

गुल्मीमा अजोड इन्स्योरेन्सको कार्यक्रम सम्पन्न

अजोड इन्स्योरेन्सले गुल्मीमा घुम्ती बीमा सेवा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले गत २८ जेठमा गुल्मीको इश्मा गाउँपालिका वडा  १ मा घुम्ती बीमा सेवा तथा स्थानीय निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । घुम्ती बीमा सेवा कार्यक्रमबाट ८ लाख ८१ हजार ७५० रुपैयाँ बीमाशुल्क आर्जन गरिएको कम्पनीले जानकारी दिएको छ ।

सो अवसरमा गाउँपालिका वडा १ का अध्यक्ष शेरबहादुर कुँवर, अजोड इन्स्योरेन्स पर्वत शाखाका प्रमुख सन्तोष न्यौपाने लगायतको उपस्थिति थियो ।

कम्पनीले बीमा समितिको स्वीकृति  अनुसार जेठ २९, ३० र ३१ गते गुल्मीकै रेसुंगा नगरपालिकामा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्तालाई तालीम पनि दिइएको जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्