०५ साउन २०८३, मंगलबार

कयौं महिलासँग अवैध सम्बन्ध राख्ने करोडपति भिक्षु, ६० करोड नगद फेला

कात्तिक २०, २०७४
कयौं महिलासँग अवैध सम्बन्ध राख्ने करोडपति भिक्षु, ६० करोड नगद फेला


यो एक विचित्र छवी हो–गेरु वस्त्रमा शिर मुण्डन गरेका बौद्ध भिक्षुको एक समूह निजी जेटमा सवार छ । जहाँ विलासि सामान छ ।

बौद्ध भिक्षुओका यो भिडियो सन् २०१३ मा युट्युवमा पोस्ट गरिएको थियो । यो भिडियो अब भाइरल भएको छ ।
बौद्ध भिक्षु बन्नु भन्दा पहिला यी व्यक्तिको नाम विरापोल सुकफोल थियो र अब उनी अहिले पनि यही नामले चिनिन्छन् ।

थाइल्याण्डको डिपार्टमेन्दट अफ स्पेशल इन्वेस्टिगेशन ले बौद्ध भिक्षुको यो विलासितापूर्ण जीवनशैलीको पर्दाफास गरेको छ ।

यी बौद्ध भिक्षुको १० वैक खाताबाट कम्तिमा ६० करोड रुपैयाँ प्राप्त भएको छ । यिनीसँग २८ मर्सिडिज कार छ । विरापोलले दक्षिणी क्यालिफोर्नियामा हवेलि बनाएका छन् ।

यसका साथै थाइल्याण्डको उबोन रत्चाथानी शहरमा एक ठूलो र भव्य हवेली छ । उनले बैंककमा रोयल प्यालेसमा बुद्धको एक विशाल मूर्ति बनाएका छन् । उनले यसमा नौ टन सुन लगाएको दाबी गरेका थिए ।

डीएसआईका अनुसार विरोपालले कयौं महिलासँग यौन सम्बन्ध बनाएको सवुत फेला परेको छ । उनका एक छोरा समेत छन् । १५ वर्षको उमेरमा ती युवतीले विरापोलको बच्चा जन्माएकी थिइन् ।

विरोपालले विभिन्न बुटि(ताबीज) बिक्री गर्थे । उनले ठूला धार्मिक सभा आयोजना गरे र सहरका धनीलाई आफू तर्फ आकर्षित गर्दै धन कमाए । मानिसहरुमा उनले भ्रम छरेको त्यहाँको प्रहरीको अरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्