
सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं. २५ स्थित असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका संचालक समिति सदस्य प्रा.डा. गिता प्रधान र वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले शाखाको संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयलगायतको उपस्थिति रहेको थियो । असन शाखा संचालनमा आएपछि उपत्यका भित्र शाखा संख्या २८ पुगेको बैंकले जनाएको छ ।
२०७८ चैत्र मसान्त सम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।