
अब एनएमबि बैंकका ग्राहकहरूलाई भाटभटेनी धनगढीमा किनमेल गर्दा फाइदै फाइदा हुने भएको छ ।
बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी eNMB ‘ओम्नि च्यानल’, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १०५ वा रु.५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको हो।
यो योजना २६ जुन, २०२२ देखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुने बैंकले जनाएको छ।
एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।
यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा एनएमबि ग्राहकहरूलाई लक्षित गरी ल्याइएको हो ।