३१ असार २०८३, बुधबार

कृष्णलीलाको ‘ए मेरो हजुर ...’ गीत सार्वजनिक [भिडिओ]

कृष्णलीलाको ‘ए मेरो हजुर ...’ गीत सार्वजनिक [भिडिओ]

चलचित्र कृष्णलीलाको ‘ए मेरो हजुर ...’ बोलको गीत सार्वजनिक गरिएको छ ।

शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै आगामी भदौ ३ गतेदेखि प्रदर्शन हुने चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । 

गीतको चलचित्रका अभिनेता पुष्प खड्का नवअभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छिन् । रवि ओड र सुनिता कार्कीको युगल आवाज रहेको गीतमा डा. डीआर उपाध्यायको शब्द र बाबुले गिरीको संगीत तथा एरेन्ज छ । 

गीतको भिडियोलाई माइकल चन्दले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । 

तिलिचो ताल र त्यसमाथिको क्षेत्रमा छायांकन गरिएको भिडियोमा पुष्प र श्रद्धाको केमेस्ट्री जमेको छ । भिडियोको लोकेसनले दर्शकलाई लोभ्याउँछ । 

दीपक ओली निर्देशित कृष्णलीलाको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । प्रकाशराज कार्की र केवल तामाङ निर्माता रहेको चलचित्र लभस्टोरी जनरामा निर्माण भएको हो ।

चलचित्रमा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीन्द्र झा, आयुशा क्षेत्री नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईँ लगायतको अभिनय छ । चलचित्रको लेखन लक्ष्मण सुवेदीले गरेका हुन् । शिव ढकाल र बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्