साउन २५, २०७९
चर्चित टिकटकर अंश वर्मा अब म्युजिक भिडियोमा पनि आफ्नो उपस्थिति जनाउँदैछन् । उनी अभिनित केही गीतका म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । बुधवार मात्रै उनी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ &lsq...
रेकर्डिङ स्टुडियोहरूलाई तीज लागिसकेको छ ।
चलेका अधिकांश स्टुडियोमा यतिबेला धमाधम तीज गीतहरूको रेकर्डिङ चलिरहेको छ । यस्तै, तीज गीतको भिडियोको छायाँकन पनि शुरु धमाधम रुपमा भैरहेका छन् ।
विशेषगरी लोकदोहोरी विधाका कलाकारहरूलाई तीज गीतको चटारोले बढी छुने गर्छ । यद्यपी, अन्य विधाका कलाकारहरूले पनि तीज गीत रेकर्डिङ र भिडियोमा अभिनय गर्ने गर्छन् । सम्भवतः अबको चार÷पाँच दिनपछि तीजका गीतहरू समेत सार्वजनिक हुने क्रम शुरु हुन्छ ।
तीज गीतमा हरेक वर्ष विकृतिका कुराहरू सुन्ने गरिन्छ । केही कलाकारहरूले भाइरल हुने मोहमा दुईअर्थी अपाच्य खालका तीजगीतहरू समेत ल्याउँदै आएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुईअर्थी, अपाच्य खालका तीजगीतहरू नल्याउन हरेक वर्ष अपिल समेत गर्दै आएको छ । यसवर्ष पनि तीज गीतहरू सार्वजनिक हुने छेकोमा रहेको अवस्थामा दोहोरीगीत प्रतिष्ठानले अपाच्य श्रव्यदृश्य सामाग्रीहरू प्रयोग नगर्न अनुरोध गरेको छ । प्रतिष्ठानले हालै एक अपिलपत्र जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालद्वारा हस्ताक्षरित अपिलपत्रमा तीजगीतको नाममा संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न स्रष्टा, सर्जक, गायक÷गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकहरूमा अनुरोध गरिएको छ ।
‘हरेक वर्ष उल्लेखित मात्रामा तीजगीतहरू कुनै न कुनै माध्यमबाट व्यवसायिक रुपमा हेर्न सुन्न पाइन्छ । यो सुखद् पक्ष हो’ अपिलपत्रमा भनिएको छ ‘तथापि कतिपय तीजगीतको नाममा देखिएका विकृति, विसङ्गती, अभद्र श्रव्यदृश्यहरूप्रति समस्त दर्शक स्रोताहरूको गुनासो वर्षेनी आइरहने हुँदा यसवर्ष पनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ध्यानाकर्षण भएको छ ।’
संस्थागत अपिललाई वेवास्ता गरी समाजमा अपाच्य किसिमका सिर्जनाहरू प्रस्तुत गरेको पाइएमा साधारण सदस्यता लगायत सम्पूर्ण संस्थागत सेवा सुविधाहरूबाट समेत वञ्चित गर्न सकिने प्रतिष्ठानले जनाएको छ । संस्थाको अपिललाई वेवास्ता गर्दै गीत सार्वजनिक गरेपछि गतवर्ष गायक दुर्गेश थापालाई प्रतिष्ठानले साधारण सदस्यबाट हटाएको थियो । यसवर्षको तीज आगामी भदौ १४ गते मंगलबार मनाइँदैछ ।
चर्चित टिकटकर अंश वर्मा अब म्युजिक भिडियोमा पनि आफ्नो उपस्थिति जनाउँदैछन् । उनी अभिनित केही गीतका म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । बुधवार मात्रै उनी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ &lsq...
तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीजको गीत सार्वजनिक भएको छ । शुक्रवार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न ...
दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा ६’ युट्युब ट्रेन्डिङमा उक्लिरहेको छ । गत शुक्रवार सार्वजनिक गीत यतिबेला ट्रेन्डिङको शीर्ष ९ स्थानमा छ । तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘...
‘विष्णु माझीको गीत र भूकम्प उस्तै हो । कतिबेला आउँछ कसैलाई पत्तो हुँदैन’ केही साताअघि भिडियो निर्देशक स्मृति तिमिल्सिनाले लोकान्तरसँग भनेकी थिइन् । निर्देशक तिमिल्सिनाले भनेजस्तै विष्णु माझीको...
तीज गीत ‘चरी जेलैमा २’ सार्वजनिक भएसँगै लोक गायिका विष्णु माझी फेरि चर्चामा छिन् । यसपटक उनको गीतलाई लिएर तारिफ मात्र भने भएको छैन, केही आलोचनाहरूसमेत देखिएका छन् । विगतको ह...
जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा.... ।। गतवर्ष विष्णु माझीको स्वरमा तीज गीत ‘चरी जेलैमा’ सार्वजनिक भयो । छोटो समयमै गीत निकै ‘हिट’ भयो । लाखौंले ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...