साउन ७, २०७९
साँझ करीब ७ बजेतिर आफू हराएको निष्कर्ष निकाल्यो गोपालले । माघ महिनामा साँझ ७ बजेको समय भनेको धेरै नै हो प्रयागराज (गंगायमुना संगम) को होचो भूमिमा । तथापि बिजुलीको उज्यालो र मेलाको रौनकका कारण अँध्यारो मह...
नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ ।
नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिवार आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले सो सम्मान प्रदान गरेकी हुन् ।
वरिष्ठ साहित्यकार गोमा शर्माको स्मृतिमा स्थापित सो पुरस्कार नेपाली साहित्यका क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ ।
त्यसैगरी सो कार्यक्रममा उक्त प्रतिष्ठनबाट प्रदान गरिने ‘स्रष्ट विशेष सम्मान’ स्रष्टा रुकु कार्कीलाई र ‘मातृभूमि मायादेवी पुरस्कार’ गीता खत्रीलाई प्रदान गरिएको थियो । मायादेवी मातृभूमि पुरस्कार स्रष्टा रुकु कार्कीले आफ्नी आमा मायादेवीको स्मृतिमा स्थापना गरेकी थिइन् ।
नेपाली साहित्य क्षेत्रमा निरन्तररूपमा लाग्ने नारी प्रतिभाहरूमध्येबाट स्रस्टाद्वय कार्की र खत्रीलाई यी पुरस्कार प्रदान गरिएको नारी साहित्य प्रतिष्ठान नेपालले जनाएको छ । यी पुरस्कारमा नगद राशिसहित सम्मानपत्र रहेको छ ।
सो कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कलाकार एवं स्रष्टाहरूको सम्मान गर्ने संस्कारले उनीहरुलाई आफ्ना क्षेत्रमा निरन्तररूपमा लाग्न प्रेरणा मिल्ने धारणा राख्दै यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रतिष्ठनका अध्यक्ष कार्कीले नेपाली साहित्य क्षेत्रमा लागिरहेका नारीहरूलाई आगामी दिनमा पनि निरन्तररूपमा लाग्न प्रोत्साहित गरी उनीहरूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतिष्ठानले बर्सेनि पुरस्कार तथा सम्मान प्रदान गर्ने गरेको जानकारी दिइन् ।
सो कार्यक्रममा साहित्यकार डा रामप्रसाद ज्ञवाली, रामप्रसाद दाहाल, पुरस्कृत व्यक्तित्व डा शर्मा, खत्री र कार्कीलगायतले नेपाली साहित्य क्षेत्रका विविध विषयमा धारणा राखेका थिए । रासस
साँझ करीब ७ बजेतिर आफू हराएको निष्कर्ष निकाल्यो गोपालले । माघ महिनामा साँझ ७ बजेको समय भनेको धेरै नै हो प्रयागराज (गंगायमुना संगम) को होचो भूमिमा । तथापि बिजुलीको उज्यालो र मेलाको रौनकका कारण अँध्यारो मह...
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘लय छुटेको समय’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपाली कांग्रेसका केन्द्रीय नेता डा शेखर कोइरालाले शनिबार ...
ओइलिएको फूललाई प्रकृतिले खसाउँछ सधैँ नटिप्नु कलिलैमा फूल जवानीमा बसाउँछ सधैँ छाता बोकेर हिँड ओत नभेटाउन पनि सक्छौ ठाउँ फेरि फेरि झरीमा पानी रसाउँछ सधैँ जो नाच्न जान्दैन उ...
रमेश थापा यो मेरो सानो देश जहाँ केन्द्रीय सरकार छ यही सानो देशभित्र सात प्रदेश सरकार छन् यही सानो देशभित्र सात सय त्रिपन्न स्थानीय सरकार छन् यही सानो देशभित्र छ हजार सात सय त्रिचालीस वडाहर...
कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत ...
चर्चित कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार उनकै परिवारमा समर्पण गरेका छन् । केही समयअघि चौधरीले रु. १ लाख रुपैयाँ राशिको ‘नई इश्वरबल्लभ अवार्ड’ पाएका थिए । आफूले...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...