२९ असार २०८३, सोमबार

६५ औँ जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको पनि सहभागीता

६५ औँ जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको पनि सहभागीता

६५ औँ जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा  नेपालको तर्फबाट  जोन्टा क्लब अफ काठमाडौंले सहभागीता जनाएको छ ।

 १५ सदस्यीय  प्रतिनिधि मण्डलको नेतृत्व  गर्दै  जोन्टा क्लब अफ काठमाडौकी अध्यक्ष  आभा शाह चार दिने अन्तरार्ष्ट्रिय सम्मेलनमा भाग लिन जर्मनीको ह्यामबर्गमा पुगेकी छन् ।

सम्मेलनमा  झण्डै २ हजार ७८५  अन्तरार्ष्ट्रिय जोन्टा  सदस्यहरूको सहभागीता रहेको छ । 

जोन्टा एक  गैर नाफा मुलक संस्था हो । यो संस्थाको सन्जाल बिश्वका ६४ वटा मुलुकमा फैलिएको छ ।

नेपालमा विगत ९ वर्ष देखि स्वाथ्य , शिक्षा ,मानवाधिकार  ,समानता र आर्थिक सशत्तिकरण , बालबिवाह र मानव बेचबिखन  रोकथाम, लैङिगक हिंसा रोकथाम लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

  

salt training

कमेन्ट गर्नुहोस्