फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
असार १४, २०७९
नेपालको औद्योगिक क्षेत्रमा एउटा ब्रान्डको रूपमा स्थापित नाम हो ‘सतिश कुमार मोर’ ।
वीरगञ्जमा जन्मिएका मोरको नाम आफैंमा ‘ब्रान्ड नेम’ त्यसै बनेको होइन । वीरगञ्जको हावापानी, बुवाको मार्गदर्शन र आफ्नै जिम्मेवारी बोधले मोरलाई अहिलेको सफल उद्यमीका रूपमा स्थापित गरेको हो ।
सतिशको जन्म ठूलो व्यावसायिक घरानामा भएको होइन ।
सतिश हुर्किएको केही समयपछिमात्रै एक कपडा व्यवसायीको रूपमा उनका बुवाले व्यावसायिक यात्रा शुरू गरेका थिए ।
बुवा मुरलीधरको व्यावसायिक यात्राबाट उनले आफू पनि केही गर्ने सोच बनाए । जुन सोचले आजपर्यन्त उनलाई उद्यमीको दर्जा दिएको छ ।
सतिशको जन्म वीरगञ्जमा भयो । उनले वीरगञ्जको त्रिभुवन माध्यमिक स्कूलबाट एसएलसीसम्म अध्ययन गरे ।
एसएलसीपछि उनले ठाकुरराम बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन शुरू गरे ।
समय बित्दै गयो, तर त्यहाँ उनले पढाइमा मन लगाउन सकेनन् ।
विगतका दिनहरू सम्झँदै सतिश भन्छन्, ‘किनकिन मेरो पढाइ त्यहाँ त्यति जमेन ।’
त्यसपछि उनी अध्ययनका लागि भारतको बनारस गए । अध्ययनकै शिलशिलामा त्यहाँ उनले करीब ३ वर्ष बिताए ।
उनी बनारसबाट फर्किएपछि उनको बुवाले वीरगञ्जको धर्मशालामा रेडिमेड कपडाको व्यापार शुरू गरे ।
सो व्यापार सानो थियो । व्यापार विस्तार हुँदै माइस्थानमा पनि कपडा व्यवसाय शुरू गरेको सतिश सम्झन्छन् ।
कपडाको व्यापार विस्तारसँगै सतिशका बुवा मुरलीधरले वीरगञ्जको परवानीपुरमा राइस मिल, दाल मिल, प्लास्टिक मिल र छाला उद्योग सञ्चालन गरे ।
कपडा व्यापारबाट सन् १९७८/७९ मा मोर परिवार उद्योगतर्फ अगाडि बढ्न थाल्यो ।
बुबा मुरलीधरको सोच र मेहनतले व्यापारबाट उद्योगमा रूपान्तरण हुँदा सतिश विस्तारै परिपक्व हुँदै थिए ।
त्यत्तिकैमा उनको विवाह सन् १९८० मा भयो ।
विवाह भएपछि सतिशले केही समय बुवाको काममा सहयोग गर्न भ्याएनन् ।
सतिश सम्झन्छन्, ‘अन्य अन्य कामतिर लागियो, त्यो काममा धेरै सहभागी हुन सकिन ।’
केही महिना बित्यो । बुवा मुरलीधरको औद्योगिक यात्रा देखेर सतिश आफैंलाई व्यवसायी बन्न रहर जाग्यो ।
उनले आफैं कुनै क्षेत्रमा लगानी गर्ने र व्यावसायिक यात्रामा अगाडि बढ्ने सोच बनाए । र, बुवा मुरलीधरसँग प्रस्ताव राखे ।
‘मैले म आफैं काम गर्छु भन्ने प्रस्ताव बुवालाई राखें । त्यसमा बुवा सकारात्मक हुनुभयो ।’
दुई भाइको साथले यसरी शुरू भयो व्यावसायिक यात्रा
सन् १९८१ को मार्च महिनामा सतिश आफ्ना दुई भाइ श्रवण र राजकुमार सहित औपचारिक रूपमा काठमाडौं आए, व्यावसायिक यात्राका लागि ।
शुरूआति समयमा के गर्ने भन्ने अन्यौलता थियो । तर त्यसलाई छिचोल्दै मोरले काठमाडौंको टेकुमा ‘टायर हाउस’ बाट आफ्नो औपचारिक व्यावसायिक यात्रा शुरू गरे ।
शुरूआतमा सतिशले आफ्नो कम्पनीलाई इन्डियाको डल्लब टायर ब्रान्डको काठमाडौंका लागि आधिकारिक वितरक बनाए ।
करीब ४/५ लाख लगानीमा टायर व्यवसाय शुरू गरेका थिए ।
त्यहाँको व्यापारिक वातावरण फरक थियो । सतिश सम्झन्छन्, ‘उधारोमा सामान मिल्थ्यो, त्यसलाई बिक्री गरेर पैसा जति साहु महाजनलाई दिनुपथ्र्यो ।’
सतिशलाई २ भाइ श्रवण र राजकुमारले व्यावसायमा साथ दिए ।
राजकुमार अध्ययनका लागि काठमाडौं आएका थिए ।
सतिश भन्छन्, ‘मेरो कान्छो भाइ राजकुमार मोर पनि काठमाडौंमै कलेज पढ्थ्यो । कलेज सकिनेबित्तिकै पसल आइहाल्थ्यो ।’
सतिश दुई भाइलाई त्यो पसल सम्हाल्न लगाएर आफू आयाततिर लागे ।
त्यतिबेला सतिशले जापानको योकोहामा टायरको पनि बिक्री गर्न थाले ।
त्यसपछि विस्तारै उनको व्यावसायिक छवी बन्न थाल्यो । जापानको टायर बिक्रीपछि उनले दक्षिण कोरियाको टायर पनि ल्याएर बेचे ।
पछि सतिशले चीनबाट पनि विभिन्न सामान ल्याएर बेच्न थाले ।
अनि शुरू भयो औद्योगिक यात्रा
समयक्रमसँगै सतिश व्यावसायिक क्षेत्रमा जम्दै गए । विस्तारै उनले उद्योगतर्फ पनि अगाडि बढ्ने सोच बनाए ।
त्यसपछि उनले नन्दन वनस्पति घ्यु उद्योग सञ्चालनमा ल्याए । यसमा उनले अर्को साथीको समेत साथ लिएका थिए ।
सतिशले शुरूमा स्टील उद्योग खोल्ने सोच बनाएका थिए । त्यसका लागि सिमरामा १५ बिघा जग्गा समेत लिएको उनले सुनाए । तर प्राविधिक कारणवश उनले त्यो उद्योग सञ्चालनमा ल्याएनन् ।
त्यसपछि उनले बुटवलस्थित लुम्बिनी विद्युत् उद्योग खरिद गरे । सँगै सिमरामा प्लास्टिक उद्योग पनि सञ्चालनमा ल्याए ।
औद्योगिक यात्रामा सतिश जम्दै गए भने व्यापारतिर उनका दुइ भाइ जमिरहेका थिए ।
सतिशका लागि यो समय सफलतै सफलताको समय बन्यो ।
यी उद्योगसँगै सतिशले विभिन्न औद्योगिक घरानाहरूसँग मिलेर शिवम् सिमेन्ट उद्योग सन् २००३ मा सञ्चालनमा ल्याए ।
शिवम् सिमेन्टमा सतिशको लक्की ग्रुपसहित अन्य ग्रुपको पनि लगानी थियो ।
यसपछि चीनको होङ्सी ग्रुपले नेपालमा सिमेन्ट उद्योगमा लगानी गर्न लागेको थियो ।
सतिशले त्यसमा पनि आफ्नो उपस्थिति जनाए ।
७० प्रतिशत होङ्सीको र ३० प्रतिशत नेपाली उद्योगीको लगानीमा होङ्सी सिमेन्ट उद्योग सञ्चालनमा छ । जसमा सतिशको पनि लगानी रहेको छ ।
समयक्रमसँगै सेवामूलक उद्योगमा पनि उनले लगानी गर्न थाले ।
तत्कालीन बैंक अफ एसियामा सतिशलाई प्रोमोटरका रूपमा लगानीको अवसर मिल्यो । शुरू उनले २ करोड लगानी गरे ।
सो बैंकमा उनी बोर्ड अफ डाइरेक्टर पनि बनेका थिए ।
मर्जरबाट एनआईसी एसिया बैंक बनेपछि उनी आफ्नो लगानी झिकेर बाहिरिए ।
पारिवारिक लिगेसी
सतिशले नै शुरू गरेको लक्की ग्रुप अहिले ४० वर्षको विरासतसहित अगाडि बढिरहेको छ ।
लक्की ग्रुप अहिले विशुद्ध पारिवारिक औद्योगिक घराना बन्न पुगेको छ ।
सतिशकै नेतृत्वमा रहेको लक्की ग्रुपमा उनले आफूसँगै आफ्ना दुई भाइ श्रवण र राजकुमारलाई समेटेका छन् ।
यस्तै भाइका छोरा र बुहारी तथा आफ्ना छोरा अमित र बुहारी समेत लक्की ग्रुप अन्तर्गत नै रहेर व्यावसायिक यात्रा गरिरहेका छन् ।
सतिश भन्छन्, ‘जबसम्म बच्चा वा भाइहरूमाथि विश्वास गर्दैनौं, तब हामी सफल हुँदैनौं । जे पनि मै गर्छु भन्ने भावना राख्नुहुँदैन,’
सतिशका अनुसार, लक्की ग्रुपमा विकेन्द्रीकरण सिस्टम छ । जसले जुन काम हेरिरहेको छ, उसलाई पूरै अधिकारसहित काम गर्ने वातावरण दिइएको छ ।
‘दिनदिनै निगरानी गर्ने भन्दा पनि समस्यामा हामी छलफल गर्छौं । यसले हामीलाई सफल बनाउने रहेछ,’ सतिश भन्छन् ।
उनले आफ्ना छोरा अमित उच्च शिक्षा अध्ययन सकेर अमेरिकाबाट फर्किएपछि आफूसँगै व्यावसायिक यात्रामा सामेल गराएका छन् ।
अहिले अमितले समग्र लक्की ग्रुप र गणपति वनस्पति प्रालिलाई अगाडि बढाइरहेका छन् ।
व्यवसायका दौरान आफू धेरै नै सन्तुष्ट रहेको सतिश सुनाउँछन् ।
लक्की ग्रुपले निर्माण तथा उत्पादन क्षेत्र, व्यापार, सेवामूलक क्षेत्र तथा फाइनान्स र इन्स्योरेन्समा आफ्नो लगानी विस्तार गरेको छ ।
१६ वटा मुलुकमा व्यापार विस्तार गरेको यस ग्रुपले हाल एक हजारभन्दा बढी जनशक्तिलाई रोजगारी दिइरहेको सतिश बताउँछन् ।
बुवाको सहमति र दुई भाइको साथले शुरू भएको व्यावसायिक यात्रामा उनले आज आफू मात्र हैन परिवारलाई नै सफल बनाउँदै लगेका छन् ।
यी तीन घटना जसलाई गल्तीका रूपमा लिन्छन् सतिश
मानव जीवनमा गल्ती धेरै भइरहेका हुन्छन् । केही गल्ती सामान्य हुन्छन् त केही ठूलो पनि । तीमध्ये पनि केही चाहिँ जीवनपर्यन्त सम्झिरहने प्रकृतिका हुन्छन् ।
उद्योगी सतिशले पनि जीवनमा केही गल्ती गरेको महशुस गरे । तीमध्ये दुई घटनालाई उनी अझै पनि सम्झिरहन्छन् ।
पहिलो घटना, सतिश एसएलसीको केही समयपछि उच्च शिक्षा अध्ययनका लागि भारतको बनारस गएका थिए ।
त्यहाँबाट उनी काम विशेषले कस्मीर गए । सो क्रममा २५ हजार रूपैयाँ खर्च भयो ।
विगतको घटना सम्झँदै सतिश भन्छन्, ‘नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्ने थियो । त्यसका लागि कस्मीर गयौं । कस्मीर जाँदा २५ हजार रूपैयाँ खर्च भयो । मेरो हैसियत २५ हजार रूपैयाँ खर्च गर्ने थिएन, मैले गल्ती गरेको महसूस गरें ।’
त्यसपछि घरमा आएर आफूले सो घटनाबारे बुवालाई सुनाएको उनी सम्झन्छन् । ‘बुवाले मलाई केही भन्नुभएन । बुबाले सोध्नुभयो, किन यस्तो भनेको, खर्च भयो त ठीक छ । तिमीलाई त्यस्तो लाग्छ भने भोलिबाट खर्च कम गर, हैन भने ठीकै छ । त्यतिखेर म १७ वर्षको थिएँ,’ उनले भने ।
दोस्रो घटना सन् १९८२ तिरको हो । नबिल बैंक सञ्चालनमा आएको केही वर्ष मात्रै भएको थियो ।
त्यो बेलामा नबिल बैंकका तत्कालीन उच्च अधिकारीले तीन करोड रूपैयाँ छ ? भनेर सतिशलाई सोधेका थिए ।
ती अधिकारीले बैंक खोल्नका लागि नेपाल राष्ट्र बैंकसँग लाइसेन्सको कुरा मिलाइदिने भनेको उनी सम्झन्छन् । तर त्यसमा उनले रुचि देखाएनन् । जुन कुरामा उनलाई आजपर्यन्त पश्चाताप छ ।
उनी भन्छन्, ‘त्यतिखेर नबिल पनि २ करोड पूँजीबाटै शुरू भएको थियो । मैले त्यस समयमा बैंक खोल्नुपर्ने रहेछ भन्ने कुरा मलाई धेरै पछि मात्रै लाग्यो । जुन कुरा सम्झँदा मलाई आज पनि पश्चाताप लाग्छ ।’
तेस्रो घटना, आफ्नो व्यावसायिक दौरानको एक समय सतिशले चीनबाट सामानहरू आयात गर्थे । उनले मार्बल काट्ने कटिङ मशिनदेखि ब्लेडसम्म चीनबाट ल्याउँथे ।
चीनको २३ फ्याक्ट्रीबाट ती सामान नेपाल भित्रन्थ्यो ।
उनी सम्झन्छन्, ‘चाइनिज साथीले मलाई तँपनि यतै लगानी गर भने । मैले कानूनी रूपमा त्यो गर्न मिल्दैनथ्यो । गरिनँ वा गर्न सकिनँ । गर्नका लागि नेपालको कानूनले पनि मिल्दैनथ्यो । तर अरू पाटाहरूमा लाग्न मनले दिएन ।’
उनले भने, ‘आज त्यो मान्छेले उता फ्याक्ट्री लगायो । अहिले उ कता छ, म कता छु । बेलाबेलामा यो कुरामा पश्चाताप लाग्छ ।’
सशित आफूले जीवनमा गर्ने गल्तीलाई जीवनमन्त्रको रूपमा लिने गरेको सुनाउँछन् ।
‘मानिसबाट नै गल्ती हुन्छ । यो गल्ती महसूस गर्नुपर्छ । गल्ती महसूस हुनेबित्तिकै गल्ती स्वीकार गरिएन भने भोलिबाट सबै बिग्रिन थाल्छ । तर गल्ती भयो भन्ने महसूस गरेमा गल्ती सुधार हुन जान्छ,’ उनी भन्छन् ।
विभिन्न संघ–संगठनमा नेतृत्व
औद्योगिक यात्रामा जम्दै गएका सतिश समयक्रमसँगै विभिन्न संघसंस्थामा समेत नेतृत्व गर्न पुगे ।
नेपाल अटोमोबाइल्स एसोसिएसन, टायर एसोसिएसन, लगायतमा उनी विभिन्न भूमिकामा उभिए ।
यस्तै नेपाल वैदेशिक व्यापार एसोसिएसनमा उनले अध्यक्षको जिम्मेवारी पनि बहन गरे ।
उनी सामाजिक संस्था लायन्स क्लब अफ काठमाडौं मिडटाउनमा पनि निकै समय सक्रिय रहे । त्यो क्लब मिडटाउन फ्रेन्ड्सको नाममा आजसम्म चलिरहेको छ ।
यस क्रमसँगै निजी क्षेत्रहरूको प्रतिनिधि संस्थामध्येको एक नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षको भूमिकामा समेत सतिश रहेका थिए ।
सरकारलाई सुझाव
उनी नेपालमा उद्यमका लागि निकै नै सम्भावना रहेको सुनाउँछन् । अवसर निकै भएपनि सरकारी संयन्त्रले यसलाई कानूनी पानामा मात्रै सीमित गर्दा अवसरको ढोका बन्द भइरहेको उनको बुझाइ छ ।
उनी भन्छन्, ‘निजी क्षेत्रसँग पनि सहकार्य छ भन्ने हिसाबले सोच्ने हो भने मुलुक बन्छ ।’
दुई ठूला मुलुकबीच रहेको नेपालको सामरिक महत्त्व निकै रहेको उनको बुझाइ छ ।
उनले औद्योगिक क्षेत्रमा काम गर्नका लागि युवा उद्यमीहरूले हिम्मत गरेर अगाडि बढ्नुपर्ने आवश्यकता समेत औंल्याएका छन् ।
‘नेपाल निकै राम्रो ठाउँ छ । प्रकृतिले हामीलाई निकै माया गरेको छ । हामीले यसलाई सदुपयोग गर्न सकेनौं भन्ने लाग्छ,’ उनी भन्छन् ।
उनले निजी क्षेत्र सफल हुनुको अगाडि तथ्यमा आधारिक विश्लेषणले मुख्य भूमिका खेलेको धारणा राखे ।
‘निजी क्षेत्रले जुन काम गर्दा पनि हिसाब किताब राखेको हुन्छ । काममा ढिलाइ भएको छ भने त्यो क्वेसनएबल हुन्छ । सम्बन्धित व्यक्तिले जवाफ दिनुपर्छ,’ उनी भन्छन्, ‘यही कारणले निजी क्षेत्र सफल भएको हो । सरकारी संयन्त्रमा त हिसाबकिताब छैन, मनलाग्दी भएको छ, अनि कहाँबाट सफल हुनु ?’
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...