३० असार २०८३, मंगलबार

वैदेशिक रोजगारीमा ठगिएका परिवारलाई २ करोड ५२ लाख क्षतिपूर्ति

वैदेशिक रोजगारीमा ठगिएका परिवारलाई २ करोड ५२ लाख क्षतिपूर्ति
प्रतिकात्मक तस्वीर

मकवानपुरबाट वैदैशिक रोजगारीमा जाने क्रममा विभिन्न कारणले ठगिएर दुःख पाएका परिवारलाई हेटौैंडाको एक संस्थाको सहयोगमा २ करोड ५२ लाख ५७ हजार रुपैयाँ सम्बन्धित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
 
हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरको हेटौंडामा रहेको सुरक्षित आप्रवासन स्रोत केन्द्रको सहयोगमा रकम उपलब्ध गराइएको हो ।

वैदैशिक रोजगारमा जाने क्रममा निधन भएका र ठगी तथा विदेशी रोजगारदाता कम्पनीसँग असूलउपर गर्न बाँकी रहेको रकम सम्बन्धित परिवारलाई भुक्तानी गरिएको छ । 

हेल्भिटास नेपालको सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रमका संयोजक अन्जिता थापामगरका अनुसार लामो समयको पहलपछि केन्द्रको सहयोगमा क्षतिपूिर्त उपलब्ध गराइएको हो । केन्द्रमा ठगीका ५०, उद्धारका २५ तथा मृत्युका २८ मुद्दा दर्ता भएका थिए ।

एकीकृत ग्रामीण विकास सेवा संस्थाको साझेदारीमा परियोजना स्थानीय तहमार्फत सञ्चालन हुँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्