२५ जेठ २०८३, सोमबार
परिकार

नेपाली लोक परिकार काँचो आँपको थेबे कसरी बनाउने ?

असार १८, २०७९
नेपाली लोक परिकार काँचो आँपको थेबे कसरी बनाउने ?

अहिले आँपको सिजन छ । सबैलाई आँप खुब मन पर्ने फल हो । सिजनको आँप त्यसैपनि खुब स्वादिष्ट हुन्छ ।

आप एक फलको रूपमा मात्र नखाई धेरै परिकार बनाएर खान सकिन्छ । पौराणिक हिसाबमा हेर्ने हो भने आँपको पात पनि एक पवित्र मानिन्छ । धेरै पूजापाठ तथा नयाँ घरमा सर्नु अघिको पूजामा पनि आँपको पात प्रयोग गरेको पाइन्छ ।

त्यसो त आँपको रस बेच्न ठूला–ठूला घराना व्यापारीहरूले ब्राण्ड नै बनाएका छन् । नेपालमा सबैभन्दा राम्रो व्यापार हुने जुसहरूमा आँपको रस नै अग्रस्थानमा आउँछ ।

आँपको खेत मधेश प्रदेशमा ज्यादा हुने भए तापनि पहाड र अन्य प्रदेशमा पनि व्यापक छ । आँपको रस मात्र होइन, दर्जनौं अन्य परिकार पनि बन्ने गर्छ ।

सिजनमा फलेको आँपलाई जोगाइ अफसिजनमा खानलाई मात्र यो जुसको जुक्ति गरेका हुन् । आँपको सिजन सस्तो भाउमा उठाएर जुस बनाई महंगोमा जुस बेच्ने चलन विश्वभर नै प्रचलित छ ।

काँचो आँपको धुलो (आमचुर), चाट मसलादेखि लिएर सिसीको अचार, खट्टीमिठी, थेबेदेखि लिएर विभिन्न पाचकसम्म बनाउन प्रयोग गरिन्छ । पाकेको आँपको त झन् नेपालमै दर्जनौं परिकार बनाउन सकिन्छ । 

आँपको लस्सी, आँपको खिर, आँपको पन्ना, आँपको फिरिनी, आँपको केक, आँपको रबरी, आँपको कुराउनी, आँपको स्मुथी, आँपको कुल्फी, आँपको पिउरी, आँपको जाम, आँपको क्यान्डी, आँपको सुकुटी लगायतका कैयौ नेपाली मौलिक परिकार बनाउन सकिन्छ । यहाँ हामीले चर्चा गर्न लागिएको परिकार भने आँपको थेबे हो । थेबे काँचो आपको बनाइन्छ र रुखमा पाकेर बाँकी रहेका साना–साना आँपका थेबे बनाइन्छ ।

गुलियो आँप खाँदा–खाँदा अमिलो अचार खान मन हुनेले यो परिकार खुब मन पराउँछन् । खानाको सेटमा होस् या खाजाको सेट अर्थात् स्न्याक्सको रूपमै पनि थेबे खुब स्वादिष्ट हुन्छ । कम पिरो गराएर बनाउने हो भने विदेशीहरूले पनि यो परिकारलाई खुब मन पराउँछन् ।

कसरी बनाइन्छ आँपको थेबे ?

आँपको थेबे बनाउन चाहिने सामग्रीःकाँचो आँप ३ पिस, पाकेको डल्ले खुर्सानी ३ पिस, नून स्वाद अनुसार, हरियो धनियाँ आधा मुठा, भुटेको तोरीको तेल ३ चिया चम्चा, वीरे नूून पिन्च, हिङ्ग पिन्च, काँचो बेसार २ टुक्रा, टिमुरको धुलो १ चिम्टी ।

आँपको थेबे बनाउने विधिः आँपलाई राम्ररी पखालेर ताछ्ने र चाना काटेर कोया छुट्याउने । आँपको चाना, खुर्सानी, नून, धनियाँ, काँचो बेसारको चाना, हालेर हाते ओखलमा मज्जाले कुट्ने र बाँकी सामग्री हालेर मिक्स गर्ने । लास्टमा तोरीको तेल हालेर मोल्ने र पस्कने । अमिलो अनि स्वादिष्ट हुने यो परिकार बनाउन सजिलो र सीमित सामग्री भए पनि पुग्छ ।

salt training

कमेन्ट गर्नुहोस्