३१ असार २०८३, बुधबार

यसरी धमाधम हुँदैछन् तीज गीतको शुटिङ (तस्वीरहरू)

यसरी धमाधम हुँदैछन् तीज गीतको शुटिङ (तस्वीरहरू)

झण्डै २ महिना बाँकी छ, तीज आउन । 

कलाकारहरूलाई भने केही साता अघिदेखि नै तीजले छोइसकेको छ ।

कोही तीज गीतको रेकर्डिङमा लागिपरेका छन्, कोही आफ्ना गीतको धमाधम शुटिङ गरिरहेका छन् ।

केही कलाकारहरूले त तीज गीत सार्वजनिक समेत गरिसकेका छन् ।

यद्यपी, यतिबेला धेरैले रेकर्डिङ सकेर शुटिङ गरिरहेका छन् ।

तीज गीतमा विशेषगरी लोकदोहोरी क्षेत्रका कलाकारहरूको व्यस्तता बढी हुन्छ । 

यद्यपी, चलचित्र क्षेत्रका कलाकारहरू पनि फाट्टफुट्ट रुपमा तीज गीतमा नाच्ने गरेको पाइन्छ ।

पार्टी प्यालेस, मन्दिर, पार्क, स्टुडियो, काठमाडौं भित्र एवं नजिकका खुला स्थानमा यतिबेला धमाधम तीज गीतको शुटिङ भैरहेको पाइन्छ ।

निर्देशक एवं कलाकारहरूले सामाजिक सञ्जालमा तीज गीत शुटिङका तस्वीरहरू सार्वजनिक गरेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्