०५ साउन २०८३, मंगलबार

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता, ग्राहकलाई विभिन्न सेवामा छुट

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता, ग्राहकलाई विभिन्न सेवामा छुट

कुमारी बैंक लिमिटेड र बनेपा डेन्टल केयरबीच बैंकका ग्राहकहरूलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले सो डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४५ शाखारहित बैंकिङ्ग ईकाई तथा  २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्