×

NMB BANK
NIC ASIA

वामपन्थी मोर्चाको कसरत

पाँच वाम नेता भेटको सन्देश : सके चुनावअघि नै एकता, नसके एमालेबाहेकको वामपन्थी मोर्चा

असार २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्य आइतबार छलफलमा बसेपछि वामपन्थी राजनीतिक वृत्तमा पोखरीमा ढुंगा फालेजस्तो तरंग उत्पन्न भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

एमाले र माओवादी केन्द्र एकीकृत बनेर बनेको नेपाल कम्युनिस्ट पार्टीका बहुमत सदस्यको अहिलेको बैठकले वामपन्थी दलहरूबीच सहकार्यका बारेमा छलफल गरेको छ । तर, छलफलमा ठोस निष्कर्ष भने आइसकेको छैन । अझ, यसो भनौं, वामपन्थी धारको राजनीतिक पोखरी छचल्किएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन नेकपामा रहेका सचिवालय सदस्यमध्ये माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल र नेकपा एकीकरण राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आइतबार वामपन्थी एकताको प्रयासका लागि छलफलमा जुटेका थिए ।


Advertisment
Nabil box
Kumari

त्यस बेलामा सचिवालयमा रहेकामध्ये ४ जना भने एमालेमा छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, अहिले एमालेमा वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल नेकपाको सचिवालय सदस्य थिए ।

Vianet communication
Laxmi Bank

दुई पार्टी एकीकृत भएर बनेको नेकपा तीन वर्ष अवधि पूरा नगर्दै चार टुक्रामा विभाजित भयो । शुरूमा साविक एमाले र माओवादी केन्द्रमा विभक्त भएको थियो ।

त्यसपछि एमाले तीन टुक्रामा विभाजित भएको छ । एमालेबाट माधव नेपालको नेतृत्वमा छुट्टिएर एकीकृत समाजवादी बनेको थियो भने त्यसैबेला एमाले त्यागेर बसेका वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियानको रूपमा पार्टी गठन गरेका छन् । भलै, वामदेवले बनाएको संगठनभित्र चरम गुटबन्दी र अविश्वास प्रकट भइरहेको छ ।

प्रदेश र संघीय संसद्को चुनाव नजिकिँदै जाँदा वामपन्थी दलहरूको सहकार्यको वातावरण बनाउने प्रयास थालेका छन् । विशेषगरी, एमाले बाहेकका वामपन्थी दलहरू एकजुट हुने प्रयासका लागि तत्कालीन नेकपामा बहुमत सचिवालय सदस्यले बैठक गरेको बताइएको छ । 

आइतबारको बैठकले आगामी चुनावअघि नै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण गर्ने र केही गरी त्यस्तो सम्भव नभए संयोजन केन्द्र बनाएर अघि बढ्ने बारे छलफल गरेको एकीकृत समाजवादीका एक सचिवालय सदस्यले बताए । 

आइतबारको बैठकले आगामी चुनावअघि नै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण गर्ने र केही गरी त्यस्तो सम्भव नभए संयोजन केन्द्र बनाएर अघि बढ्ने बारे छलफल गरेको एकीकृत समाजवादीका एक सचिवालय सदस्यले बताए । 

ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको छलफलमा माओवादी केन्द्र र एकीकृत समाजवादीको एकीकरणको बारेमा सकरात्मक छलफल भएको नेताहरूले बताएका छन् । 

उक्त बैठकमा भएको छलफलबारे एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको सचिवालय बैठकमा बिफ्रिङ गरेका छन् । एकीकृत समाजवादीको सचिवालय बैठक सोमवार बसेको थियो ।

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले भने, ‘शीर्ष नेताहरूको बैठकमा भएको छलफलबारे सचिवालय बैठकमा सामान्य चर्चा भयो ।’

अहिले नै पार्टी एकताको कुनै खाका तयार नभएको र पार्टीमा विस्तृत छलफल पनि नभएको भुसालले बताए । 

‘पार्टीमा छलफल भएको छैन । कुनै खाका तयार भएको पनि छैन । कार्यगत एकता हुँदै जाँदा, छलफल हुँदै जाँदा एउटै मोर्चा बनाउने अवस्था बन्न पनि सक्छ । तर, अहिले नै त्यस्तो कुनै तयारी भइसकेको छैन’, भुसालले भने । 

बैठकमा अध्यक्ष नेपालले पार्टी एकताको बारेमा ५ जना शीर्ष नेताको बैठकमा भएको छलफलबारे अध्यक्षले बैठकमा ब्रिफिङ गरेको सचिवालय सदस्य प्रकाश ज्वालाले बताए । 

तत्कालीन नेकपाको सचिवालयमा रहेका ५ नेताको भेट

उनले भने, ‘पार्टी एकताको प्रस्ताव आउनु सकरात्मक हो । तर, उक्त प्रस्तावमा अहिले नै निर्णयमा पुग्न सकिँदैन । पार्टीभित्र विस्तृतमा छलफल गर्नुपर्छ ।’

नेताहरूले पार्टी एकता गर्ने वा अहिले त्यस्तो सम्भव नभएमा एकता संयोजन समिति बनाएर अघि बढ्ने बारेमा छलफल गरेको नेपालले बैठकलाई जानकारी गराएको ज्वालाले बताए । 

नेताहरूबीचको छलफललाई निरन्तरता दिने र मिल्न सक्ने शक्तिहरूको बीचमा मोर्चा बनाएर जाने प्रस्ताव सकरात्मक भएको उनले बताए ।

वामपन्थीहरूको एउटै मोर्चा बनाउँदा अहिलेको गठबन्धनलाई भने असर नपर्ने ज्वालाको तर्क छ । 

‘विचार मिल्ने शक्तिहरूबीचको मोर्चा बन्न सक्छ । त्यसले चुनावी र अन्य विषयमा पनि सहकार्य गर्न सक्छ । तर, यस्तो मोर्चा बनाउँदा पाँच दलीय गठबन्धन प्रभावित हुँदैन’, ज्वालाले भने ।

गठबन्धनभित्र वैचारिकरूपमा निकट भएका दलहरूको बीचमा सहकार्य हुने र त्यो निकट भविष्यमा पार्टी एकतामा पनि जान सक्ने एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

नेकपा एकता राष्ट्रिय अभियानको संयोजककोरूपमा सक्रिय भएका वामदेव गौतमले माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकृत पार्टी बनाउँदा आफू पनि समाहित हुन सक्ने बताएको माओवादी केन्द्रका नेताहरूले दाबी गरेका छन् ।

वापमन्थी दलहरूबीच तत्काल एउटै पार्टी बन्न नसक्दा समाजवादी केन्द्रकोरूपमा वामपन्थी मोर्चा बनाउन सकिने नेताहरूले बताएका छन् । तर, यस्तो मोर्चामा अहिलेका लागि एमालेबाहेकका वामपन्थी शक्तिहरू सम्मिलित हुनेछन् । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य देवेन्द्र पौडेलले समाजवादी केन्द्र बनाउने बारेमा दलहरूका बीचमा विस्तृतमा छलफल भइरहेको बताएका छन् । माओवादी घटकहरू एक बनाउने प्रयासमा माओवादी केन्द्रका नेताहरू छन् । माओवादी केन्द्रका नेताहरू वर्षमान पुन र कृष्णबहादुर महराले पूर्व माओवादी घटकसँग घनिभूत छलफल गरिरहेका छन् । 

माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले आगामी चुनावअघि नै माओवादी घटक एक हुने र समाजवादी केन्द्र बन्ने कुराले सार्थकता पाउने विश्वास व्यक्त गर्छन् । 

माओवादी नेता पौडेलले माओवादीबाट छुट्टिएर गएका डा. बाबुराम भट्टराई लगायतका नेताहरूलाई समेटेर वापमन्थी मोर्चा बनाउने प्रयास भइरहेको बताएका छन् । तर, भट्टराईले भने कम्युनिस्ट विचारधाराप्रति वितृष्णा व्यक्त गरिरहेको माओवादी केन्द्रकै नेताहरू बताउँछन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याएर लगाउने रणनीति अपनाएका छन् ।

एमाले अध्यक्ष ओलीले अहमता देखाएको र उनको प्रवृत्तिका कारण नेकपा विभाजित गराएर कम्युनिस्ट आन्दोलनलाई नै धरासायी बनाउने प्रयास गरेको प्रचण्ड र नेपालको आरोप छ । ठ्याक्कै यस्तै आरोप ओलीले पनि प्रचण्ड र नेपालमाथि लगाउने गरेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकमा पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘क्रान्तिकारी धारणाको निर्माण गर्दै तत्काल प्रतिगामी, दक्षिणपन्थी शक्तिका विरुद्ध तात्कालिक जिम्मेवारी संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता एवं संघीयतासहितको लोकतन्त्रमा सहमत शक्तिसँग गठबन्धनको नीति अख्तियार गरिनेछ ।’

१० पृष्ठ लामो प्रतिवेदनमा प्रचण्डले भनेका छन्, ‘समाजवादी कार्यदिशा अवलम्बन गर्ने पार्टी, शक्ति र व्यक्तित्वहरूको तत्कालको मोर्चा निर्माण आजको आवश्यकता हो ।’ 

यस्तो मोर्चाले केपी ओलीको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्दत प्रतिगामी प्रवृत्तिलाई पराजित गर्ने प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रचण्ड र माधव नेपालले ओलीलाई गलाउने मात्रै होइन, विचार मिल्ने वामपन्थी दलहरू बीचको मोर्चा बनाएर आगामी चुनावमा कांग्रेससँगको बार्गेनिङ पावर बढाउने रणनीति पनि अख्तियार गरेका छन् ।

कांग्रेससँग चुनावी गठबन्धन गर्न सहमत रहेका प्रचण्ड र नेपाल कांग्रेसकै सहयोगमा प्रदेश र संघीय संसद्मा आफ्नो पार्टीको सशक्त उपस्थिति सुनिश्चित गर्ने प्रयासमा छन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने आगामी चुनावबाट माओवादी केन्द्र संसद्मा कम्तिमा पनि दोस्रो ठूलो दलको हैसियतमा हुने दाबी गर्दै आएका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा कांग्रेसको एजेन्डामा सहमत भएर नेतृत्वले पार्टीको साख बिगारेको भन्दै प्रचण्डको आलोचना भइरहेको छ । 

प्रचण्ड र माधव नेपालले ओलीलाई गलाउने मात्रै होइन, विचार मिल्ने वामपन्थी दलहरूबीचको मोर्चा बनाएर आगामी चुनावमा कांग्रेससँगको बार्गेनिङ पावर बढाउने रणनीति पनि अख्तियार गरेका छन् ।

उता कांग्रेसलाई पनि कतै वामपन्थी दलहरूले चुनावी समीकरण बनाएर एक्ल्याउने हुन् कि भन्ने डर छ । २०७४ मा जस्तै वामपन्थी शक्तिहरू मिलेर चुनावमा जाँदा कांग्रेसको अवस्था त्यसबेलाकै जस्तो कमजोर हुनसक्छ । 

आगामी चुनावसम्म प्रचण्ड र माधव नेपाललाई फकाएर लैजाने र चुनावपछिको सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने चुनावी रणनीतिमा कांग्रेसका नेताहरू छन् ।

कांग्रेसको यो नीति बुझेका एकीकृत समाजवादीका नेताहरू वामपन्थी मोर्चा बन्दा पनि कांग्रेसँगको गठबन्धनमा कुनै समस्या नहुने दाबी गर्छन् । 

एकीकृत समाजवादीका सचिवालय सदस्य ज्वालाले भने, ‘छलफल गर्दै जाँदा विचार मिल्ने वामपन्थी शक्तिहरूको मोर्चा बन्न सक्छ । तर, त्यस्तो मोर्चा गठबन्धन बलियो बनाउनकै लागि हुन्छ ।’

माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठक पनि एमाले बाहेकका वामपन्थी दलहरूको एकता र मोर्चा बनाउने विषयमा सघनरूपमा छलफल हुने माओवादी केन्द्रका नेताहरूले बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x