×

NMB BANK
NIC ASIA

ठेकेदारले जे माग्यो त्यही

ठेकेदारको स्वार्थ पूरा गर्न ३ वर्षमा ७ पटक खरिद नियमावली संशोधन, कामचोरलाई ‘हाईसञ्चो’ !

असार २२, २०७९

NTC
Premier Steels

सरकारले निर्माण व्यवसायीको माग पूरा गर्न आइतवार (२० असारमा)मा सार्वजनिक खरिद नियमावलीमा १२ औं संशोधन गरेको छ । निर्माण व्यवसायीलाई रिझाउन सरकारले साढे तीन महिनामा नै यसलाई संशोधन गरेको हो । यससँगै खरिद नियमावली निर्माण व्यवसायीको दबाबमा ३ वर्षमै ७ पटक संशोधन भएको छ ।

Muktinath Bank

सरकारले निर्माण व्यवसायीले जे माग्छन्, त्यहीअनुसार खरिद नियमावली संशोधन गरिदिएको छ । तर, व्यवसायीलाई जति सहजीकरण गर्दा पनि निर्माण कार्यको गति भने सुस्त भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठूला निर्माणका काम दशकौं सुस्त भइरहेका छन् भने २ देखि ३ वर्षमा पूरा गर्नुपर्ने गरी ठेक्का लागेको आयोजना दशकसम्म बनेका छैनन् । ३ वर्षमा सकिनुपर्ने आयोजना शुरू गरेका निर्माण व्यवसायीले ७ पटक नियमावली संशोधन गरेर आफू अनुकूल बनाउन सफल भएका छन् । तर, अझै देशमा ३५ सयभन्दा बढी विकास निर्माणका आयोजना भने सुस्त छन् ।


Advertisment
Nabil box
Kumari

नियमावली संशोधन गर्दै वर्षौदेखि अलपत्र परेका र काम नभएका आयोजनाको समय थप भएको छ । यसका लागि रुग्ण र प्रगति कम भएका आयोजनालाई १ वर्ष समय थप गरिदिएको छ । यसअघि ११ औं संशोधनले ६ महिना मात्रै समय थप गरिदिएको थियो ।

Vianet communication

नेपाली निर्माण व्यवसायीले मात्रै लिन पाउने ठेक्काको रकम ३ अर्बबाट बढाएर ५ अर्ब रुपैयाँ पुर्‍याइएको छ । यो व्यवस्थापछि नेपाली निर्माण व्यवसायीले अहिले लिइरहेको भन्दा थप २ अर्ब रुपैयाँ बढीका ठेक्का लिन पाउने भएका छन् ।

यो पनि पढ्नुहोस्

यति गर्दा पनि निर्माण व्यवसायीले पूर्ण रूपमा चित्त भने बुझाइसकेका छैनन् ।

५ वटा ठेक्का पूरा लिएका निर्माण व्यवसायी छौंटौंमा सहभागी हुनै नपाउने व्यवस्थालाई संशोधन गरेर प्रतिस्पर्धा गर्न पाउने व्यवस्था खरिद नियमावलीले गरेको छ । संशोधित नियमावली अनुसार एक अर्बभन्दा बढीको आयोजनका लागि ६० करोडको अनुभवले नै पुग्ने भएको छ । यसअघि यस्तो अनुभव ८० करोड रुपैयाँको काम गरेको हुनुपर्ने थियो ।

व्यवसायीलाई सरकारले ५ करोड रुपैयाँसम्मको कामका लागि ४० प्रतिशत मात्रै काम गरेको अनुभव भए पुग्ने व्यवस्था आइतवार राजपत्रका प्रकाशित खरिद नियमावलीको १२ औं संशोधनमार्फत गरिदिएको छ ।

यति हुँदा पनि आफ्ना माग पूर्णरूपमा सम्बोधन नभएको भन्दै निर्माण व्यवसायी महासंघका पूर्व उपाध्यक्ष विष्णुभाइ श्रेष्ठले असन्तुष्टि पोखे ।

उनले भने, ‘सरकारले अस्ति संशोधन गरेको खरिद नियमावली अझै पूर्ण छैन । सरकारसँग एउटा माग राख्यो अर्को काम गर्ने, मागेको विषय पनि पूरा नगर्ने र आंशिक मात्रै माग सम्बोधन गर्ने काम भएको छ ।’

महंगीअनुसार मूल्य समायोजन गर्ने, समयमा नै आयोजना पूरा गराउन गर्नुपर्ने कामको ठोस योजनालाई सम्बोधन नगरेको उनको गुनासो छ ।

नेपाली निर्माण व्यवसायी मात्र सहभागी हुने पाउने ठेक्का रकम ३ अर्बबाट हाल ५ अर्ब पुगेको विषय पनि आफूहरूको माग अनुसार नभएको दाबी श्रेष्ठले गरे ।

‘सरकारले निर्माण व्यवसायीले जे माग गरे, ती सबै पूरा भएको छ भन्दै हिँडेको छ, तर त्यस्तो होइन,’ उनले भने ।  

अहिलेको नियमावली संशोधन निर्माण व्यवसायीलाई सन्तोष दिन सक्ने गरी नभएको र एउटा माग पूरा गरेजस्तो गरी अर्कोमा भाँजो हालेको आरोप श्रेष्ठले लगाए ।

उनले भने, ‘सरकारले आंशिक माग पूरा गर्ने र अरूमा भाँजो हाल्ने गरेको छ, जसका कारण पटक–पटक खरिद नियमावली संशोधन हुँदा पनि व्यवसायीलाई भने काम गर्न असहज नै भइरहेको छ ।’

‘निर्माण व्यवसायीले पटकपटक माग गर्नुपर्ने छ । तर, सरकारले भने जेन्युन माग पूरा गर्न पनि वर्षौं लगाउने गर्छ । जसले गर्दा धेरैपटक नियमावली संशोधन गरेको देखिएपनि वर्षौं अगाडिका माग भर्खर सम्बोधन भएको हुन्छ,’ श्रेष्ठले भने । 

महंगीअुनसार व्यवसायीलाई भुक्तानी गर्नुपर्ने विषयलाई नसमेटिएको उनले बताए । यही मागका कारण अरू समस्या सिर्जना हुने र अहिले संशोधन जारी भएको नियमावली कार्यान्वयनमा नजाँदै माग थपिने गरेको पनि निर्माण व्यवसायी श्रेष्ठको भनाइ छ ।

सरकारी पक्ष भन्छन्- समयानुकूल व्यवसायीको माग सम्बोधन'

सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता तथा सहसचिव उमेश ढुंगानाले पछिल्लोपटक संशोधन भएको व्यवस्था निर्माण व्यवसायीमैत्री भएको हुँदा सरकारलाई धन्यावाद आइरहेको छ । 

‘म्याद थप गर्ने, ठेक्काको सीमा र संख्यासहितका विषय सुविधा मात्रै नभएर कडाइ गरेको विषय पनि हो,’ ढुंगानाले भने । 

‘यसपटक भएको खरिद नियमावली संशोधनले व्यवसायीलाई सहजीकरण गरेको मात्रै हैन सरकारी नियम कानून समयानुकुल बनाएर कडाइका साथ कार्यान्वयन योग्य बनाइएको छ । निर्माण व्यवसायीले तोकेको समयमा सुविधा पालना गर्न पाउनुका साथै निर्धारित समयमा काम नगर्नेका लागि भने कारवाही गर्ने विषय पनि आएको छ,’ ढुंगानाले भने ।

खरिद ऐनले खरिद गर्ने विषयलाई नै सम्बोधन गर्ने हो । यसलाई समय सान्दर्भिक बनाउनुपर्ने आवश्यकता आइरहने सरकारी अधिकारीको भनाइ छ । 

कानून बनाउने र त्यसलाई सान्दर्भिक बनाउन समयसमयमा संशोधन गर्ने विषयलाई सामान्य रूपमा लिनुपर्ने तर्क सार्वजनिक खरिद अनुगमन कार्यालयको छ ।

कानून संशोधन भन्ने विषय समय सान्दर्भिक हुनुपर्ने र आवश्यकता अनुसार संशोधन पनि हुने सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता ढुंगानाको भनाइ छ । 

विकास निर्माणको काममा सहजीकरणका लागि ३ वर्षमा ७ पटक नियमावली संशोधन गरिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x