
स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगितामा डिशहोम पनि सहभागी भएको छ ।
स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुप नेपालले यस क्षेत्रमा ल्याएको अखिल नेपाल क्षेत्रीय प्रतियोगिता हो जसले स्थानीय नवप्रवर्तनलाई विश्वव्यापी प्लेटफर्ममा पुग्न प्रोत्साहित गर्दछ ।
यस विश्वव्यापी प्रतिस्पर्धाले विश्वव्यापी स्टार्टअपहरूलाई भेट्ने अवसर प्रदान गर्नुका साथै विश्वभरि नयाँ सम्झौताहरूमा पहुँच प्रदान गर्ने, लगानीकर्ताहरू र कर्पोरेट प्रतिनिधिहरूसँग नेटवर्क निर्माण गर्न मद्दत गर्ने, कर्पोरेट कम्पनी र लगानीकर्ता यस प्रतियोगिताका सहभागी हुन र नेटवर्किङको फाइदा, लगानीका अवसर, यस क्षेत्रका विज्ञहरूसँग भेट्न सक्ने डिशहोमले जनाएको छ ।