×

NMB BANK
NIC ASIA

'साइबर अपराध'

युट्युबर बन्ने भोकले युरोप छाडेका प्रवेश: मदिराले लठ्ठ युवती खोज्दै नाइट क्लब चहार्दा फसाद !

असार २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रात्रि क्लबमा मदिराले लठ्ठ युवतीहरूसँग 'द्विअर्थी' भिडियो बनाएर सार्वजनिक गरेको आरोपमा एक युट्युबर प्रहरी नियन्त्रणमा पुगेका छन् । 

Muktinath Bank

अनुमतिविना धेरै युवतीको भिडियो बनाई युट्युबमा अपलोड गरेको उजुरी परेपछि प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका– ७ महादेवफाँटका २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले उनी साइबर ब्यूरोको हिरासतमा छन् ।


Advertisment
Nabil box
Kumari

उपत्यकाकै व्यावसायिक घरानाकी एक युवतीले अनुमतिविना युट्युबमा भिडियो अपलोड गरेको आरोपमा उजुरी दिएपछि लामा प्रहरी हिरासतमा पुगेका हुन् । 

Vianet communication
Laxmi Bank

***

काठमाडौंको बानेश्वर घर भएकी एलिना (नाम परिर्वतन) नियमित रूपमा दरबारमार्गस्थित क्लब जाने गर्थिन् । व्यावसायिक घरानामा हुर्केकी एलिनालाई क्लब जानु सामान्य कुरा थियो ।

उनी एक दिन साथीहरूसँग ठमेलको एउटा क्लबमा गएकी थिइन् । उनले क्लबमा मादक पदार्थ सेवन पनि  गरिन् । सामान्यभन्दा धेरै पिएकाले त्यस दिन उनी लठ्ठ थिइन् । 

क्लबबाट बाहिर निस्कँदै गर्दा राति २ बजे युट्युबर लामा ढोकामै थिए । उनले 'बूम' तेर्स्याइहाले । लठ्ठ भएकी उनी बोल्न त थालिन्, तर के–के बोलिन् त्यो दिन उनलाई पत्तै भएन । ​(प्रहरीलाई दिएको बयानका आधारमा)

उनलाई लागेको रहेछ, कुनै टेलिभिजन होला, नराम्रो सोधेन होला ।

उनले अन्तिममा ‘डन्ट पब्लिस दिस भिडियो’ भनेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छन् । उनले यदि हाल्ने भए ब्लर गरेर हाल समेत भनेको उजुरीमा उल्लेख छ ।

त्यसको २ दिनपछि साथीले ‘तैँले युट्युबमा जथाभावी बोलेकी रहिछस्’ भनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । त्यसपछि उनले साइबर ब्यूरो भोटाहिटीमा जाहेरी दिइन् । 

व्यावसायिक घरानाको सदस्य भएकाले प्रधानमन्त्री कार्यालयबाट प्रहरी प्रधान कार्यालय हुँदै ब्यूरोमा पनि उजुरी पुगेको थियो । उनले ‘हेलो सरकार’मा पनि गुनासो टिपाइन् । 

‘यो माथिल्लो निकायबाट पनि चासोका साथ हेरिएको मुद्दा हो,’ साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीले लोकान्तरसँग भने, ‘त्यो भन्दा अगाडि नै हामीकहाँ जाहेरी आइसकेको थियो । 

युट्युबर लामाले आफ्नो च्यानलमा आकर्षक युवतीलाई लक्षित गरेर भिडियो बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लामाले आकर्षक युवतीहरूको भिडियो बनाएर अपलोड गर्दा धेरै भ्युज आउने भएकाले उनीहरूलाई लक्षित गरेको प्रहरीलाई बयान दिएका छन् । 

ब्यूरोका अनुसार उनले अश्लील अर्थ समेत लाग्ने द्विअर्थी प्रश्न सोधेर भिडियो बनाउने गरेका थिए । युवतीहरूले जवाफ दिए पनि नदिए पनि उनले भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गरेका थिए ।

‘उनले युवतीहरूलाई अश्लील प्रश्नहरू सोध्ने र जवाफ दिएपनि, नदिएपनि युट्युबमा अपलोड गर्ने गरेको देखियो,’ इन्स्पेक्टर खड्गीले भने ।

प्रहरीका अनुसार रात्रिकालीन समयमा क्लब, डान्सबार र दोहोरी साँझमा आउने युवतीहरूलाई मदिराले मातेको मौकामा अश्लिल बोल्न लगाई भिडियो बनाउने क्रम बढेको छ ।

लामाले एकजना क्यामेरा पर्सनलाई खान र बस्न दिएर २० हजार तलबसहित राखेका थिए । दिउँसो सुत्ने र बेलुका डान्सबारको ढोकामा कुरेर युवतीहरूलाई अश्लील बोल्न लगाउने दैनिकी नै बनेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

होटलमा छिर्दै व्यापारी धम्क्याएर असुली

युट्युबर लामाले उपत्यका होटल व्यवसायीहरूलाई पनि दुःख दिने गरेको खुलेको छ । उनले विभिन्न होटलको किचनमा भएको फोहोर खिच्ने गरेका थिए ।

त्यसपछि उनी होटल व्यवसायीसँग पैसाको बार्गेनिङ गर्ने गर्थे । प्रहरीका अनुसार किचनको फोहर खिचेर पैसा नदिएमा उक्त भिडियो अपलोड गर्ने भन्दै व्यवसायीलाई धम्क्याउँथे । 

‘लामाले होटलमा छिरेर व्यवसायीलाई धम्काउने गरेको अनुसन्धानमा देखिएको छ,’ ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीले लोकान्तरसँग भने, ‘त्यहाँबाट पैसा असुली गर्ने गरेको पनि देखिएको छ ।’

उनले अहिलेसम्म कति असुली गरेका छन् भन्ने नखुलेको प्रहरीको प्रहरीले जनाएको । अनुसन्धानकै क्रममा भएकाले विस्तृत रूपमा खुल्न बाँकी रहेको उनले बताए ।

‘युट्युबर पत्रकारभन्दा माथि हो भन्ने ठानेको थिएँ, प्रहरी खोरमा परें’

युट्युब च्यानल सञ्चालन गर्नुअघि उनी प्लम्बरको काम गर्थे । उनलाई बुबाले यूरोप पढ्न पठाएका थिए । त्यहाँ पनि उनी हंगामा मच्चाएर फर्किएको प्रवेशका बुवाले प्रहरीलाई बताएका छन् । 

‘जेनतेन गरेर युरोप पढ्न पठाएँ, त्यहाँ पनि के–के गर्‍यो, १३ लाख डुबाएर आयो हजुर, यसले हैरान पारेको थियो,’ बुवाको भनाइ उद्धृत गर्दै ब्यूरोका इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने । 

उनका बुवाले प्रहरीलाई बताएअनुसार प्रवेशले उपत्यकामा विभिन्न व्यवसाय गर्छु भन्दै परिवारसँग सधैँजसो पैसा माग्ने गरेका थिए । पैसाको निहुँमा परिवारमा लफडा पर्ने गरेको बुबाको दुःखेसो छ । 

प्रहरीसँगको बयानमा प्रवेशले रवि लामिछाने, भेलु बाजे लगायत युट्युबमा हिट भएकाले आफूले पनि हिट हुने आशमा युट्युब सञ्चालन गरेको बताएका छन् । 

‘युट्युबर पत्रकारभन्दा माथि हो भन्ने ठानेको थिएँ, तर होइन रहेछ,’ प्रवेशको भनाइ उदृत गर्दै ब्यूरोका एक अनुसन्धान अधिकारीले भने ।

उनले युट्युबाट छिटो हिट हुने, छिटो कमाइ पनि हुने भएकाले यो क्षेत्र रोजेको प्रहरीलाई बताएका छन् ।

साइबर ब्यूरोले उनलाई युट्युबमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने किसिमको भिडियो राखेको अभियोगमा विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

असार २० गते पक्राउ परेका उनलाई ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x