१३ असार २०८३, शनिबार

३३ वर्षीय पुरुषको पिशाबमा रगत देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा महिनावारी भएको पुष्टि !

असार २५, २०७९
३३ वर्षीय पुरुषको पिशाबमा रगत देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा महिनावारी भएको पुष्टि !
प्रतिकात्मक तस्वीर

महिलाहरू महिनावारी हुनु सामान्य प्रक्रिया हो तर पुरुष महिनावारी भएको खबर सुन्दा पत्याउन सकिँदैन ।

चीनमा यस्तै अपवाद घटना भएको छ । ‘साउथ चाइना मर्निङ पोस्ट’को रिपोर्टअनुसार ३३ वर्षीय चेन केको पिशाबमा रगत देखिएपछि उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगे । यसअघि उनी हरेक महिना पेट देख्ने र पिशावमा रगत देखिने समस्याबाट चिन्तित थिए ।

अस्पतालमा परीक्षण गराउँदा चिकित्सकले उनलाई महिनावारी भएको जानकारी गराए । आफू पुरुष रहेको हुँदा महिलावारी भएको कुरालाई उनले पत्याएनन् ।

त्यसपछि डाक्टरले उनको शरीरभित्र गर्भाशय रहेको र महिनावारी प्रक्रिया हुने गरेको जानकारी दिए । उनमा ‘फिमेल सेक्स क्रोमोजोम’ समेत भेटिए ।

महिनावारीको समस्याबाट छुटकारा पाउन उनले शल्यक्रिया गराएका छन् । उनले शरीरबाट गर्भाशय झिकिएको छ । उनी अब एक सामान्य पुरुष बन्नेछन् तर उनी बच्चा जन्माउन सक्ने छैनन् । उनी हाल स्वस्थ रहेको रिपोर्टमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्