×

NMB BANK
NIC ASIA

३८ औं वार्षिकोत्सवको पुर्वसन्ध्यामा नबिलले गर्यो एकीकृत कारोबारको शुरूआत

असार २९, २०७९

NTC
Premier Steels

नबिल बैंक लिमिटेड  र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार शुरू भएको छ । 

Muktinath Bank

नबिल बैंकको ३८ ‍‍औं  वार्षिकोत्सवको  पूर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरि एकीकृत कारोबार थालनी भएको घोषणा गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो । कार्यक्रममा बोल्दै मुख्य सचिव बैरागीले पुरानो मध्यको एक नेपाल बंगलादेश बैंकको प्राप्ति पछि नबिल बैंक अझ ठूलो भएको  र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास जनाए ।  


Advertisment
Nabil box
Kumari

अझ बलियो, सँगै अघि भन्ने नारा सहित गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्राप्ति पछि नबिलले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने बताए ।

Vianet communication

‘बैंक ठूलो भए सँगै  बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौँ,’ उनले थपे  ।  

देश विकासमा बैंकिंग संस्थाहरूको अग्रणी भूमिका हुने बताउदै उनले भने, “यस बैंकले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याउने लक्ष्य सहित  नबिल दिगो बैंकिङको सुरुवात गरेको छ र अझ सशक्त रुपमा अघि बढ्नेछ ।” पर्यावरण र दिगो विकासको मापदण्डलाई पछ्याउदै बैंकले त्यहि अनुसार नीति तथा रणनीति लिने उनले जानकारी दिए । 

“क” वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको छ । 

“नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरूलाई समेत मध्यनजर गर्दै बैंक प्रति सर्वसाधारणको विश्वसनीयतामा थप अभिबृद्धि गर्न कदम चालेका हौं,” बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै बिस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए । 

“हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरूको हित संरक्षण गर्ने; देशव्यापी शाखाहरूको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने ; पूँजीगत आधार सुदृढ गरी सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भुमिका खेल्ने नीती लिनेछौं । साथसाथै सबै सुचकांकहरूमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ आज बाट एकीकृत कारोबार शुरू गरेका छौं,” उनले थपे ।

बैंकका अनुसार प्राप्ति पछि  बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड, कुल पुँजी ५६ अर्ब २ करोड, कुल निक्षेप ३ खर्ब २८ अर्ब तथा कुल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ । त्यस्तै गरि देशभरीको शाखा विस्तार भई २६७ शाखा सञ्जालहरू र २७४ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x