०२ साउन २०८३, शनिबार

कोरोना नियन्त्रण गर्न नेपालमा ५० करोड डलर सहायता स्वीकार, कहाँबाट कति ? [सूचीसहित]

कोरोना नियन्त्रण गर्न नेपालमा ५० करोड डलर सहायता स्वीकार, कहाँबाट कति ? [सूचीसहित]

सरकारले कोरोना महामारी नियन्त्रण गर्न विभिन्न दातृ निकायबाट ५० करोड ३१ लाख अमेरिकी डलर बराबरको सहायता लिएको छ ।

यस्तो रकम करीब ६० अर्ब रुपैयाँ बराबरको हुन आउँछ ।

नेपालले कोरोना महामारीको व्यवस्थापनका विभिन्न ४० वटा अन्तर्राष्ट्रिय निकायबाट यस्तो वैदेशिक सहायता लिएको महालेखा परीक्षकको बुधवार जारी ५९औं प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले गरेको कोभिड–१९ व्यवस्थापन सम्बन्धी विशेष लेखापरीक्षण प्रतिवेदनमा ४० संस्थाबाट ५० करोड ३१ लाख ४ हजार ५१३ डलर वैदेशिक सहायताका रूपमा प्राप्त गरेको उल्लेख छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी एडीबीबाट २५ करोड डलरको भिडएक्टिभ रेस्पोन्स कार्यक्रमका नाममा सहयोग लिइएको छ । त्यसपछि आईएमएफबाट र्‍यापीड क्रडिट फ्यासिलिटिज कार्यक्रमका नाममा २१ करोड ४० लाख डलर लिएको छ ।

जर्मन डेभलपमेन्ट को–अपरेसनबाट कोरोना इमर्जेन्सी फण्डका लागि १० करोड ९६ लाख ८ हजार डलर, जर्मन नेपाल हेल्प एशोसिएशनबाट १७ लाख ४७ हजार डलर वैदेशिक सहायता लिएको छ । 

यस्तो छ कूल वैदेशिक सहायताको सूची –

salt training

कमेन्ट गर्नुहोस्