काठमाडौं उपत्यकामा थप १ जनामा हैजा भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले थप १ जनामा हैजा भेटिएको बताए ।
उनले भक्तपुरस्थित बालकोटमा १ जनामा हैजा भेटिएको बताए । हालसम्म हैजाका बिरामी २८ पुगेका छन् ।