०४ साउन २०८३, सोमबार

भाजपा अध्यक्षको निमन्त्रणामा प्रचण्ड भोलि भारत जाँदै

भाजपा अध्यक्षको निमन्त्रणामा प्रचण्ड भोलि भारत जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रवार भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय जनता पार्टी(भाजपा) अध्यक्ष जेपी नड्डाको निम्तोमा दाहाल भारत भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

उनको सचिवालयका अनुसार प्रचण्ड शुक्रवार दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्डले भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने बताइएको छ ।

 उनी साउन १ गते स्वदेश फर्कनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्