०६ साउन २०८३, बुधबार
एम अधिकारी प्रकरण

विवादमा तानिएका गभर्नरलाई कार्यालय प्रवेशमा रोक्न नेविसंघ र अखिलद्वारा राष्ट्रबैक घेराउ [फोटोफिचर]

साउन १, २०७९
विवादमा तानिएका गभर्नरलाई कार्यालय प्रवेशमा रोक्न नेविसंघ र अखिलद्वारा राष्ट्रबैक घेराउ [फोटोफिचर]
गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै विद्यार्थीहरू

गभर्नर महाप्रसाद अधिकारीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रूपमा आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । 

गभर्नर अधिकारीको राजीनामा माग गर्दै उनीहरू बालुवाटारस्थित नेपाल राष्ट्र बैंक परिसरमा  धर्ना दिन पुगेको थिए । आइतवार बिहान १० बजेदेखि प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । गभर्नर अधिकारीलाई राष्ट्र बैंक प्रवेशमा रोक लगाउने उद्धेश्यले दुई विद्यार्थी संगठनहरू धर्ना शुरू गरेक थिए । 

विद्यार्थीहरूको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडप भएको हो । प्रहरी हस्तक्षेपका क्रममा केही विद्यार्थी नेताहरू घाइते भएका छन् । प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीहरू प्रहरीविरुद्ध पनि नाराबाजी गरेका छन् । 

गभर्नर अधिकारीलाई ‘एम अधिकारी’को नाममा नेकपा एमालेको वित्त तथा योजना आयोगको सदस्य राखिएको भन्दै राजीनामा माग भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्