२४ असार २०८३, बुधबार

इन्धनको मूल्य घटेर आयो, भाउ घटाउला आयल निगमले ?

इन्धनको मूल्य घटेर आयो, भाउ घटाउला आयल निगमले ?

इण्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको इन्धनको मूल्य घटेर आएको छ । निगमलाई आइओसीले पठाएको मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजलमा १६ रुपैयाँ ६५ पैसा घटेर आएको छ । 

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले इन्धनको मूल्य घटेर आएको बताए । उनले घटेको मूल्यअनुसार निगमको लागत र परल मूल्यको  हिसाब भइरहेको बताए । उक्त मूल्य आइतवार नै सार्वजनिक हुने र इन्धनको मूल्य समायोजन हुने वा नहुने विषयमा पनि निगमले हिसाब निकाल्दै गरेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्