नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्रीज लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आइतवार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।
घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयरको परल मूल्यमा १ सय रुपैयाँमा प्रिमियमवापत ३ सय ३५ रुपैयाँ थप गरी प्रति कित्ता ४ सय ३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय ३५ रुपैयाँको शेयरको प्रत्याभूति हुने छ ।