३१ असार २०८३, बुधबार

घोराही सिमेन्टले आईपीओ निष्काशन गर्ने

घोराही सिमेन्टले आईपीओ निष्काशन गर्ने

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले प्रिमियम मूल्यमा धितोपत्र निश्कासन गर्ने भएको छ । 

उद्योगले यसका लागि हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरी बिक्री प्रबन्धकसमेत नियुक्त गरेको छ । 

उद्योगले ७९.४३ लाख कित्ता शेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्नका लागि  यी कम्पनीहरूसँग निष्काशन तथा बिक्री प्रवद्र्धन सम्बन्धी सम्झौता समेत गरेको उल्लेख गरेको छ । 

सम्झौता समारोहमा धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्