
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ ।
यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाइने कम्पनीले जनाएको छ ।
यसै क्रममा शुक्लाफाँटा नगरपालिका-१ का निवासी रमेश पन्तले एक लाख रूपैयाँ जितेका छन् ।
केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कन्चनपुरका सह-वितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाइ के.पि पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।
डिसहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका प्रोप्राइटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरेका थिए । विजेता पन्तलाई हार्दिक बधाई दिदै सम्पुर्ण डिसहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाइ लाभ लिन सक्नेछन्।
लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टिभी।, रमाइलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिसहोम सोकेसमा हेर्न सकिनेछ ।