माघ १९, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थलबाट नियन्त्रणमा लिएका छन् । दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट नेपाल आएका यात्रुलाई गए राति १...
हेटौंडा | साउन ४, २०७९
हेटौंडा क्याम्पसमा परीक्षा दिन पुगेका दुई छात्रामाथि अभद्र व्यवहार भएको विषयमा तनाव बढ्दै जाँदा विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका छन् ।
चीट चेक गर्ने बहानामा महिनावारी भएका छात्रालाई प्याडसहित कपडा खोल्न लगाएको भन्दै आक्रोशित विद्यार्थीहरूले बुधवार क्याम्पसमा तोडफोड गरेका हुन् ।
स्नातक तह दोस्रो वर्षको परीक्षाका क्रममा तनाव भएको हो ।
हेटौंडा– २ स्थित मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीको परीक्षा केन्द्र हेटौंडा– ४ स्थित हेटौँडा क्याम्पसमा तोकिएको थियो ।
तेकिएको परीक्षा केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका २ छात्रालाई मंगलवार क्याम्पसका महिला कर्मचारीले चीट खोज्ने बहानामा भित्री कपडासमेत खोल्न लगाएको भन्दै विद्यार्थीहरू आक्रोशित भएका हुन् ।
पीडित छात्राहरूले आफूहरूले महिनावारीका कारण लगाएको प्याड समेत खोल्न लगाइएको गुनासो गरेका छन् । प्याडभित्र समेत चीट हुनसक्छ भन्दै खोल्न लगाएको उनीहरूको आरोप छ ।
यो घटना सार्वजनिक भएसँगै आक्रोशित विद्यार्थीहरू सत्यतथ्य छानबिन र दुर्व्यवहार गर्ने कर्मचारीलाई कारवाहीको माग गर्दै आन्दोलित बनेका छन् ।
यो घटनालाई लिएर सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ ।
बुधवार बिहानैदेखि आन्दोलित विद्यार्थी तोडफोडमा उत्रिएपछि क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक डाकेको छ ।
अहिले मकवानपुरमा क्रियाशील विभिन्न विद्यार्थी संगठन र सरोकारवालाहरू सहितको बैठक बसिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थलबाट नियन्त्रणमा लिएका छन् । दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट नेपाल आएका यात्रुलाई गए राति १...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनभित्र सत्ता साझेदार दलका नेताहरूले राजनीतिक इमानदारिता नदेखाए पार्टीले सरकारबाट बाहिरिने जस्तो अप्रिय निर्णय लिन सक्ने स्पष्ट गरेको छ । बिहीबार बसेको केन्द्रीय...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले प्रतिनिधि सभामा प्र...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताएका छन् । उनले ...
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । गृह मन्त्रालयको निमन्त्रणमा आएका उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्...
रेशम चौधरी संयोजकत्वको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा उनलाई बिहीवार बाँकेबाट पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रव...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...