२६ असार २०८३, शुक्रबार

परीक्षा दिन आएका दुई छात्रालाई अभद्र व्यवहार गर्ने २ जना कार्यालय सहयोगीलाई हेटौंडा क्याम्पसले गर्यो निलम्बन

परीक्षा दिन आएका दुई छात्रालाई अभद्र व्यवहार गर्ने २ जना कार्यालय सहयोगीलाई हेटौंडा क्याम्पसले गर्यो निलम्बन

स्नातक तह दोस्रो वर्षको परीक्षा दिन हेटौंडा क्याम्पस पुगेका २ छात्रालाई चीट चेक गर्ने बहानामा महिनावारी भएका छात्राको  प्याडसहित कपडा खोल्न लगाउने २ जना कार्यालय सहयोगीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ । 

घटना सार्वजनिक भएसँगै आक्रोशित विद्यार्थीहरू सत्यतथ्य छानबिन र दुर्व्यवहार गर्ने कर्मचारीलाई कारवाहीको माग गर्दै आन्दोलित बनेका  थिए ।

बुधवार बिहानैदेखि आन्दोलित विद्यार्थी तोडफोडमा उत्रिएपछि क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक डाकेको थियो ।

सर्वपक्षीय बैठकले  ४ बुँदे सहमति  गरेको छ । 

बैठकले  दुई कर्मचारीलाई अब कुनैपनि परीक्षामा सहभागि हुन नपाउनेगरी निलम्बन गर्ने , अब बाकी अन्य  परीक्षालाई भयरहित बनाउने, क्याम्पसको पठनपाठन शान्तिपूर्वक सञ्चालन गर्ने तथा परिक्षा दिन आएका विद्यार्थीहरूलाई विभिन्न समयमा अभद्र व्यवहार भएको भन्ने गुनासोको सबालमा ३ दिन भित्र प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारबाहीको सिफारिस गर्न छानविन समिति निर्माण गर्ने सहमति भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्