२३ असार २०८३, मंगलबार

यी सरकारी कर्मचारीको पीडा : आफ्नै घर जान पनि अरुबाट इजाजत लिनुपर्छ !

साउन ५, २०७९
यी सरकारी कर्मचारीको पीडा : आफ्नै घर जान पनि अरुबाट इजाजत लिनुपर्छ !

मान्छे सरकारी जागिरका लागि मरिहत्ते गर्छन्, कडा मेहनत गर्छन् तर भारतको हरियाणाकी एक सरकारी कर्मचारीले पीडा व्यक्त गरेकी छन् ।

हरियाणा कृषि तथा किसान कल्याण विभागकी अतिरिक्त मुख्यसचिव तथा हरियाणा प्रदूषण नियन्त्रण बोर्डकी अध्यक्ष डा. सुमिता मिश्रले ट्विटरमा लेखेकी छन्, ‘जागिरले यस्तो मोडमा ल्याउँछ कि आफ्नै घर जान पनि अरुबाट इजाजत लिनुपर्छ ।’

सरकारी जागिरका क्रममा बिदा बस्दा माथिल्लो प्रशासनिक कर्मचारीबाट इजाजत लिनुपर्ने प्रावधान छ । उनको ट्वीटलाई लाइक गर्दै सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

ट्विटरमा एक प्रयोगकर्ताले भनेका छन्, ‘त्यसैले त बुढापाकाले भन्ने गरेका छन्, सानै भए पनि आफ्नै कारोबार गर्नू । कुनै धनीको नोकरीभन्दा आफ्नै सानै कारोबार राम्रो ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यस्ता कर्मचारी पनि छन्, जो निजीमा राति १०–११ बजे घर जान्छन् र बिहान ७ बजे फेरि काममा फर्किन्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्