०४ साउन २०८३, सोमबार

महमा भियाग्रा मिसाएर बेच्ने चार कम्पनीलाई चेतावनी पत्र

साउन ७, २०७९
महमा भियाग्रा मिसाएर बेच्ने चार कम्पनीलाई चेतावनी पत्र

अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले महमा भियाग्रा मिसाएर बेचबिखन गरिरहेका चार कम्पनीलाई चेतावनी पत्र पठाएको छ । ती कम्पनीहरूले महमा भिगाग्रा तथा ‘सियालिस’जस्ता लागुपदार्थ मिसाएर बेचिरहेका थिए । जसको जानकारी उनीहरूले उत्पादन लेबलमा उल्लेख गरेका थिएनन् । 

उनीहरूले बजारमा ती सबै उत्पादन यौन शक्ति बद्र्धक भन्दै अलग–अलग नाममा बेचिरहेका थिए । 

महमा अन्य वस्तु मिसाउँदा स्वास्थ्यका लागि हानिकारक हुने भन्दै विभागले ति कम्पनीहरूलाई चेतावनी पत्र पठाएको हो । विभागले ‘युएस टायल हनी एलएलसी, एमकेएस इन्टरप्राइस एलएलसी, शापेक्स डट कम र वन एम युएसए इन्कोर्पोरेटेड डीबीए प्लेजर पोडक्ट’ नामक कम्पनीलाई चेतावनी पत्र पठाइएको हो । उनीहरूले अलग–अलग वेबसाइटमार्फत मिसावट गरिएको मह बेचिरहेका थिए । 

ति कम्पनीहरूले ‘डोज भाइटल हनी फर मेन’, ‘सिक्रेट मिरेकल रोयल हनी फर हर्स’, ‘किंगडम हनी रोयल भीआईपी’लगायतका नाममा मह बेचेको बताइएको छ । 

अमेरिकामा भियाग्रा र ‘सियालिस’लाई लागुपदार्थको सूचीमा समावेश गरिएको छ । यसको प्रयोग नपुंसकताको समस्या भएका पुरुषको उपचारमा गर्ने गरिन्छ । यसको प्रयोग चिकित्सकको सल्लाहबिना गर्न नहुने विज्ञहरूको भनाइ छ । 
आईएफटी साइन्सका अनुसार ‘भियाग्रा’ र ‘सियालिस’जस्ता औषधिहरू जानाजानी सेवन गर्नु निकै खतरनाक सावित हुन सक्छ । भियाग्राले ‘पीडीई फाइभ’ नामक इन्जाइमको कार्यलाई रोक्छ । ‘पीडीई फाइभ’ गतिविधि अवरुद्ध हुँदा रक्त कोशिकाहरू निश्क्रिय हुने र जसले गर्दा रक्त प्रवाह बढ्ने तथा रक्तचाप न्यून हुने गर्दछ । 
 

salt training

कमेन्ट गर्नुहोस्