१० असार २०८३, बुधबार

प्रहरी प्रवेश गराएर सुरक्षा व्यवस्थामा कडाइ गरिएपछि टियुका विद्यार्थीले गरे कक्षा बहिस्कार

प्रहरी प्रवेश गराएर सुरक्षा व्यवस्थामा कडाइ गरिएपछि टियुका विद्यार्थीले गरे कक्षा बहिस्कार

त्रिभुवन विश्वविद्यालय (टियु) किर्तिपुरमा प्रहरी प्रवेश गरेर चेकजाँच कडा बनाएपछि विद्यार्थीहरूले कक्षा बहिस्कार गरेका छन् । 

कलेजभित्र प्रहरी प्रवेश गराएर सुरक्षा चेकजाँच कडा बनाएको भन्दै विद्यार्थीहरूले कक्षा बहिस्कार गरेका छन् ।

विश्वविद्यालयले एमबेस्डर इन द क्लासरुम भन्ने सिरिज चलाइरहेको छ । 

अहिले दोस्रो सिरिजमा इजरायली राजदूत विद्यालयमा आएको अवस्थामा सुरक्षा कडा बनाइएको बताइएको छ ।

एक विद्यार्थीले लोकान्तरसँग भने,'सेमिनार हलको गेटमै सेक्युरिटी स्क्यानर मेसिन राखिएको छ, यो विश्वविद्यालय हातामा प्रहरी प्रवेश गराइएको छ ।'

करीब १५ जना विद्यार्थीले कक्षा बहिस्कार गरेको ती विद्यार्थीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्