राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड –२०२२ प्रियंका रानी जोशी नियुक्त भएकी छन् ।
उनलाई सोमबार एक कार्यक्रमका बीच नियुक्त गरिएको बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीलाई नियुक्त गरिएको बताए ।
सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
सो कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ जोशीले आफु इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताइन् ।