०३ साउन २०८३, आइतबार

१५ दिनका लागि स्थगित भयो संसद्

असार ३१, २०८३
काठमाडौं
१५ दिनका लागि स्थगित भयो संसद्

सांसदहरूलाई निर्वाचन क्षेत्र भ्रमण र मतदातासँग विमर्शका लागि भन्दै संघीय संसद्‌का दुवै सदनको बैठक १५ दिनलाई स्थगित गरिएको छ । साउन १४ गते बस्नेगरी सभामुखले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति अनुसार नै संसद् बैठक स्थगित गरिएको हो । संसदीय बैठकको विश्राम मतदातासँगको विमर्शका लागि छुट्याउन सभामुखले सांसदहरूसँग आग्रह गरेका छन् ।

बुधबार नै राष्ट्रियसभाको बैठक पनि साउन १५ गते बस्नेगरी स्थगित गरिएको थियो । बजेट पारित भएसँगै सांसदलाई मतदातासँग भेट्नका लागि भन्दै बैठक लामो समय स्थगित गरिएको हो ।

यो समयमा संसदीय समितिका बैठक पनि नराख्ने सहमति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्